Saturday 23rd of September | २०७४ असोज ७ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

के अपराध र राजनीति समान हुन ?

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज १३ बिहिबार
newsabhiyan
newsabhiyan

केहि दिन अघि राजधानीका केहि विद्यालयमा विहानै विस्फोटक पदार्थ राखेर एक समूहले कलिला बालबालिकालाई आतंकित बनायो । त्यो राजनीतिको आवरणमा अपराधिक गतिविधि नै हो ।

विस्फोटक पदार्थको सामना गर्न र त्यसका प्रभावलाई सम्झने उमेर नभएका यस्ता कलिला विद्यार्थीको मस्तिष्कमा बम या विस्फोटक पदार्थले पार्ने असर डरलाग्दो हुन्छ ।

आफ्नो व्यक्तिगत र दलगत उद्देश्य प्राप्ती गर्न विद्यालय प्रयोग गर्ने र हिंसाको सहारा लिने कार्य कदापी क्षम्य हुन सक्दैन । घटना निन्दनीय छ । त्यसमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन तदारुकता देखाउनु पर्छ ।

माओवादीले गरेको दशवर्षे सशस्त्र विद्रोह समाप्त भएको १० वर्ष भएपनि अहिलेसम्म त्यसका केही नकारात्मक प्रभाव देखिरहेका छन् । खासगरी बम र हतियारको प्रयोग गरेर वैयक्तिक या एउटा सानो झुन्डले समाजका विभिन्न तप्कालाई भयग्रस्त बनाई पैसा असुल्ने, अनुचित माग पूरा गराउने, अपहरण गर्ने, धाकधम्कीका भरमा चन्दा उठाउने कार्य गरिरहेको छ ।

मधेस आन्दोलनको समयमा मधेसमा दर्जनौँ अपराधिक समूहले राजनीतिक आवरणमा यस्तो ब्ल्याकमेलिङ गर्दा त्यहाँको अर्थतन्त्र र समाजलाई नराम्ररी गाज्योे । संविधानसभाको दोस्रो निर्वाचनसम्म आइपुग्दा यसमा केही हदसम्म नियन्त्रण सम्भव भयो ।

तर, यस क्रममा अपराधिक समूहलाई राजनीतिक शक्तिको मान्यता राज्यले प्रदान ग¥यो, जसले गर्दा अपराधीसमेत आफ्ना कुकर्मको सजाय भोग्नबाट मुक्त भए । पछिल्लो समय जनकपुरमा आतंक मच्चाउने सञ्जय गुप्तालगायत अपराधी समातिएपछि मधेस अपेक्षाकृत शान्त छ ।

काठमाडौँमा भएको आतंकभन्दा पहिले विप्लव समूहका विद्यार्थी संगठनका नाममा या कतिपयले अरू नै नाममा समेत विद्यालयलाई तारो बनाउदै आइरहेका हामीले भोगिरहेका छौ । कुनै बन्द विरोधको निहुँ पारेर या सामान्य अवस्थामा समेत विद्यालयका सवारी साधनमाथि आक्रमण गरेर क्षति पु¥याउने काम भइरहेको छ ।

यी आक्रमणका पछाडि ती विद्यालयबाट चन्दा उठाउने मनसायले काम गरेको छ । आतंक र भय सिर्जना गरेर तर्साउने र मागेजति पैसा झार्ने उनीहरुको रणनीति भएको सहजै बुझ्न सकिन्छ । बन्दका वेला ट्याक्सी या बस जलाउने र आतंक फैलाउनेलाई विना कारबाही छाडिदा उनीहरुको मनोवल झन बढ्ने गरेको छ ।

सजाय नहुने तर अर्काको नोक्सान गरेर पैसा लुट्न सकिने देखेर नै यी हतियारको प्रयोग गरेको बुझ्न सकिन्छ । यस्ता कार्यकलापलाई कसैगरी स्वीकार गर्न सकिन्न । तसर्थ राजनीति र अपराध समान हुन या फरक छुट्याउन आजको आवश्यकता हो ।
 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan