• FB
  • FB
  • FB
Sunday 26th of February | २०७३ फाल्गुण १५ आइतबार

ब्राडको फोनमा सेलिनाको तस्विर : ब्रान्जेलिनाको सम्बन्ध विच्छेदको कारण ?

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज १४ शुक्रबार
newsabhiyan

लस एन्जलिस । पछिल्लो मिडिया रिपोर्टका अनुसार पीटको मोबाइल फोनमा गायिका तथा नायिका सेलिना गोमेजको तस्विर फेला परेपछि जोली सम्बन्ध विच्छेदको निर्णयमा पुगेको बताइएको छ ।

एस सो बिज डटकमका अनुसार जोलीले पीटको फोनमा विभिन्न युवतीहरुसँग ‘आपत्तिजनक’ तस्विरहरु फोला पारेपछि निकै रुष्ट बनेकी थिइन् ।

ओके पत्रिकाका अनुसार पीटको फोनमा एयरहोस्टेज देखि हलिउड नायिका सेलिना गोमेजसम्मको तस्विर थियो । त्यही फोटोका कारण दुवैबीच ‘निर्णायक विवाद’ भएको पत्रिकाले जनाएको छ ।

‘जोलीलाई थाहा छ किन युवतीहरु पीटलाई भेट्न चाहन्छन् र मरिहत्ते गर्छन् । तर, फोनमा किन ती युवतीहरुको तस्विर राखिएको भन्दै उनी रिसाएकी थिइन्,’ जोली निकटलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ ।

दुई जना विवाद भएपछि सम्बन्ध बिग्रिएको बताइएको छ । अझ, यसअघि नै पीट र फ्रेन्च नायिका मारिअन कोटिलार्डबीच अफेयर चलिरहेको थियो ।

तर, हाल गर्भवती रहेकी मारिअनले भने उक्त आरोपको खण्डन गरिरहेकी छिन् ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan