• FB
  • FB
  • FB
Sunday 26th of February | २०७३ फाल्गुण १५ आइतबार

वैदेशिक रोजगारीमा ठगी गर्ने क्रम बढेपछि म्यानपावरले अब एजेन्ट राख्न नपाउने

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज १८ मंगलबार
newsabhiyan

काठमाडौं, १८ असोज । वैदेशिक रोजगारीमा ठगी गर्ने क्रम बढेपछि सरकारले म्यानपावर कम्पनीले एजेन्ट राख्न नपाउने व्यवस्था गरेको छ ।

वैदेशिक रोजगार ऐन २०६४ को संशोधित मस्यौदामा म्यानपावर एजेन्ट राख्न नपाउने व्यवस्था गर्न लागिएको हो ।

श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी ठगीमा म्यानपावर एजेन्सीभन्दा एजेन्टको बदमासी बढी देखिएको भन्दै यस्तो व्यवस्था संशोधन गर्न मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित ऐन संशोधन सुझाव समितिले पछिल्लो समयमा म्यानपावर एजेन्सीभन्दा एजेन्ट विरुद्ध ठगीको उजुरी बढी परेकाले एजेन्ट राख्न नपाइने व्यवस्था गरेको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा वैदेशिक रोजगार विद्द डा गणेश गुरुङलेगरेको अध्ययनमा पनि कामदारहरु तहतहका एजेन्टबनट ठगिने गरेको देखिएको थियो । आजको कारोबार दैनिकमा खबर छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan