Saturday 29th of April | २०७४ बैशाख १६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विजया दशमीको शुभकामना !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज २२ शनिबार
newsabhiyan
newsabhiyan

हिन्दु धर्मावलम्बीहरुको महान चाड सम्पुर्ण नेपालीहरुको आूगनसँगै बिश्वभरिका हिन्दुहरुको घर दैलो र आूगनमा बडादशैंको रौनकले छपक्कै छाएको छ ।

विगत बर्ष दिनको आपसी असहमति र बिभेद समेत यस बडादशैको टिकाले नजिकको सम्बन्ध कायम गराउने र आ(आफ्नो टोल छिमेक गाउू घरमा सामाजिक महत्व प्रदान गर्ने, भाइचारा इस्टमित्र नातेदार बिचको सम्बन्धलाई अझ मधुर बनाउने चाडका रुपमा परिचित यस बडादशै लाई हिन्दुहरुको सबैभन्दा ठूलो महान चाडका रुपमा लिईन्छ ।

सकेपनि नसकेपनि ऋण लिएर समेत मनाईने यस महान पर्वमा कसैलाई दशा त कसैलाई महान पर्वका रुपमा स्थापित हुन्छ । त्यस पर्वकै अवसर पारेर चोरी, डकैती, लुटपाटजस्ता जघन्य अपराधहरु चाडबाडमा बढ्ने गरेको पाईन्छ । यसका निम्ति समयमै सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।

आवश्यकता भन्दा बढी खर्च गर्ने परम्पराले भित्रिने परम्परालार्ई मध्यनजर गर्दै ध्यानपुर्वक आफ्नो औकात अनुसार पर्व मनाउनु अहिलेको आवश्यकता हो ।

दशैका बेला खाइने खाना मध्ये मध्यपानले गर्दा पर्वमा हुने झगडा, लफडाहरुले समाजमा ब्यापक रुपमा बिकृति समेत फैलाएको पाईन्छ ।

राज्यले यस्ता पर्वका रुपमा हुने घटनाहरुलाई निस्तेज पार्न खुसीयाली र सद्भावलाई कायम राख्न सुरक्षा सम्बन्धि बिभिन्न कार्यक्रमहरु ल्याएर भन्दा कार्यान्वयन गरेर देखाउन जरुरी छ ।

चाडपर्व नजिकि“दा सस्तो लोकप्रियताका लागि राज्यले ल्याउने सस्तो र सुलभ योजना भन्दा पनि गुणस्तरीय र कालाबजारी मिसावटलाई ध्यान दिनु जरुरी छ । केही समयका लागि लठ्याउने किसिमका सस्ता नारामा नेपाली जनतालाई रल्याउनु भन्दा भरपर्दो शान्ति सुरक्षा र गुणस्तरहीन सामानप्रति सचेत हुनु राज्यको प्रमुख दायित्व हो ।

जबसम्म आम जनतालाई न्यायपुर्ण लोककल्याणकारी राज्यको झल्को देखिदैन तबसम्म कुनैपनि किसिमका सस्ता नाराहरु देखावटीमात्र हुने बुझिन्छ ।

थोरै भएपनि बा“डीच“ूडी खाने घर परिवार र समाजमा रमाउने इमान्दार र असल नागरिकको परिचय दिने, मेलमिलापको समाज स्थापना गर्ने यस्तो उत्साह र उमंगमा मनाईएको दशै मात्र महान पर्व हुनसक्छ ।

अन्यथा एउटा पर्वले अनेक झन्झटहरु थुपारेर जाने बाहेक अरु केही हुन सक्दैन र यही महान बडादशैको उपलक्ष्यमा राजनीतिक संकटलाई टुगाेंमा पुर्याई शान्ति र संबिधान कार्यान्वयन तर्फ दलहरु लाग्नेछन ।

मधेसी लगायतका दलको जायज मागलाई सम्बोधन गरि संविधान कार्यान्वयन गरि निकासको राजनीतिले नेपालीलाई आनन्द तुल्याउनेमा नेपाली जनता आशावादी छन् ।

यसपालीको महानपर्व वडादशैले राजनीतिक दलका नेतालाई सद्बृद्धि दियोस् र देशमा शान्ति फैलियोस् । यही छ शुभकामना ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan