Thursday 27th of April | २०७४ बैशाख १४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यस्ता छन् हलिउडका सेक्सी र महंगा नायिका - फोटोफिचर सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक ६ शनिबार
newsabhiyan
newsabhiyan

फोर्ब्स पत्रिकाका अनुसार अभिनेत्री सैंड्रा बुला हलिउडकी सर्वाधिक महंगी अभिनेत्री बनेकी छन् । बुलाकले जेनिफर लारेन्स र जेनिफर एनिस्टनलाई पछाडि पार्दै फोर्ब्सको नयाँ महंगी अभिनेत्रीको सूचीमा पहिलो स्थान बनाएकी हुन् ।

फोर्ब्सका अनुसार ‘सैंड्रा बुलाकलाई चलचित्र ‘ग्रेभिटी’का लागि यो वर्ष सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार प्राप्त भएन । तर, उनी सबैभन्दा महंगी अभिनेत्री बनिन् । ‘ग्रेभिटी’ का कारण नै बुलाक हाम्रो सबैभन्दा बढी कमाई गर्ने अभिनेत्रीको नयाँ २०१४ को सूचीमा सबैभन्दा माथि छिन् । उनले जुन २०१३ देखि जुन २०१४ को बिचमा ५.१० करोड डलर कमाएकी छन् ।’

दोस्रो स्थानमा अभिनेत्री जेनिफर लारेन्स छिन् । उनले मात्र २३ वर्षको उमेरमा ३.४० करोड डलर ‘द हंगर गेम्स’ कमाएकी छन् । जबकि जेनिफर एनिस्टन ३.१० करोड डलर कमाईका साथ तेस्रो स्थानमा छिन् । चौथो स्थानमा अभिनेत्री ग्वेनिथ पाल्ट्रो छिन् । उनको कमाई १.९० करोड डलर छ । पाँचौं स्थानमा एन्जोलिना जोली र क्यामरन डियाज छन् जसको कमाई १.८० करोड डलर छ ।

स्कारलेट जोहन्सन १.७० करोड डलर कमाईका साथ छैटौं स्थानमा छिन् । हलिउका सबैभन्दा महंगा अभिनेत्रीमा एमी एडम्स, नताली पोर्टमैन र क्रिस्टिन स्टीवर्टको नाम पनि संलग्न छ । -एजेन्सी

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan