Thursday 27th of April | २०७४ बैशाख १४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संसारका १० विवादित फिल्म,जसको रिलिजमा लगाईयो रोक

न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक ९ मंगलबार
newsabhiyan
newsabhiyan

सिनेमा र विवाद एकअर्कामा सम्बन्धित छन् भन्दा फरक पर्दैन । सिनेमाको कथा देखि सिनेमामा काम गर्ने कलाकारहरुको विवादसँग नजिकको सम्बन्ध हुन्छ ।

यस्तै केहि कारणहरुले गर्दा विवादमा आएर केहि देशहरुमा रिलिज हुन नपाएका विश्वका दश फिल्मको बारेमा आज हामी एक सामाग्री प्रस्तुत गर्दैछौँ ।

सलो र द १२० डेज अफ सोडम– ईटली र फ्रान्सको सिनेमा सलो र द १२० डेज अफ सोडम सन् १९७५ र ७६ को बीचमा रिलिज भएको हो । यो फिल्ममा धेरै नाङगा सिनहरु, सेक्स र हिंसा भएका कारण केहि देशहरुमा रिलिजमा रोक लगाईएको थियो ।

क्यानिबल होलोकस्ट– १९८० मा रिलिज भएको ईटलीको सिनेमा क्यानिबल होलोकस्ट धेरै डरलाग्दा सिनहरु भएका कारण ब्याण्ड भएको थियो ।

फेसेस अफ डेथ– १९७८ को सिनेमा फेसेस अफ डेथ अमेरिकी सिनेमा हो । यो सिनेमामा हिटलरको युद्धको समयका फूटेजमा नापलमकोे बम बिस्फोट, दुर्घटना र वास्तविक डेथ सिनहरु समावेश गरेका कारण ब्याण्ड गरिएको थियो ।

द लास्ट हाउस अन द लेफ्ट– सन् १९७२को अमेरिकी सिनेमा द लास्ट हाउस अन द लेफ्टमा बलात्कार गरिएका सिन र हिंसाको सिनहरु धेरै भएका कारण फिल्म रिलिजमा रोक लगाईएको थियो ।

ईची द किलर– २००१ को जापानी सिनेमा ईची द किलरमा अत्याधिक हिंसा समावेश गरेका अमेरिका र जर्मनी बाहेकका देशहरुमा प्रतिवन्ध गरिएको थियो ।

द लास्ट टेमटेशन अफ क्रिस्ट– १९८८ मा अमेरिका र क्यानडामा रिलिज भएको यो सिनेमामा ईशा मसिहको गलत चित्रण गरिएको भन्दै सिनेमा रिलिजमा रोक लगाईएको थियो । सिनेमामा हिंसा धेरै भएका कारण मेक्सिको, अर्जेन्टिना, टर्की लगायतका देशहरुमा रिलिज हुन दिईएन ।

अ क्लकवर्क ओेरेन्ज– हलिउड सिनेमा क्लकवर्क ओरेन्ज अत्यधिक सेक्स सिन र हिंसा देखाईएका कारण साउथ कोरिया, मलेसिया, सिंगापूर र स्पेनमा प्रतिवन्ध गरिएको थियो ।

द टेक्सास चेन श म्यासकेयर– सन् १९७४ मा रिलिज भएको अमेरिकी सिनेमा द टेक्सास चेन श म्यासकेयर हत्या,हिंसा धेरै भएका कारण ब्राजिल, आयरल्यान्ड, नर्वे र अस्ट्रेलियामा रिलिज हुन पाएन ।

क्यालिगोला– ईटली र अमेरिकामा रिलिज भएको सिनेमा क्यालिगोला १९७९ को सिनेमा हो । यसमा अभिनेता र अभिनेत्री पोर्नोग्राफीमा देखिएका कारण प्रतिवन्ध गरिएको थियो ।

वन स्पिट अन युअर ग्रेभ– यो फिल्म १९७८ मा रिलिज भएको हो । अमेरिकामा रिलिज भएको यो फिल्ममा लामो बलात्कारको सिन भएका कारण आयरल्याण्ड, नर्वे र आईसल्याण्डमा प्रतिवन्ध लगाईएको थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan