Wednesday 29th of March | २०७३ चैत १६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

औद्योगिक व्यापार मेला हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक ९ मंगलबार
newsabhiyan

नवलपरासी, ९ कात्तिक । आगामी मङ्सिर २३ गतेदेखि पुस ३ गतेसम्म तेस्रो पश्चिमाञ्चलस्तरीय औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ ।

उद्योग वाणिज्य सङ्घ नवलपरासीको आयोजनामा ‘शान्ति, समृद्ध उद्योग व्यापार, राष्ट्र निर्माणको बलियो आधार’ नाराका साथ जिल्लाको सुनवलमा मेला आयोजना गर्न लागिएको हो ।

मेला कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रविधिको बृहत् प्रदर्शनीमा केन्द्रित रहने सङ्घका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिनुभयो । जिल्लालाई कृषि, पर्यटन एवम् औद्योगिक जिल्लाका रुपमा परिचित गराउनु मेलाको उद्देश्य रहेको छ ।

मेलामा विभिन्न विषयवस्तुका करिब ३०० कक्ष रहने तथा करिब तीन लाख दर्शकले अवलोकन गर्नुका सार्थै रु सात करोडसम्मको आर्थिक कारोबार गर्ने अनुमान आयोजकको छ । उद्योग वाणिज्य सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, व्यापार तथा निकासी प्रवद्र्धधन केन्द्र, जिविस नवलपरासी, सुनवल नगरपालिका र रामग्राम नगरपालिका सहआयोजक रहका छन् । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan