Friday 28th of July | २०७४ श्रावण १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अभिनेत्रीको नाङ्गो फोटो चोर्नेलाई १८ महिना जेल सजाय

न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक १३ शनिबार
newsabhiyan
newsabhiyan

एजेन्सी, १३ कात्तिक । हलिउड अभिनेत्री जेनिफर लोरेन्स र अरु केही युवतीको नाङ्गो फोटो चोर्ने अमिरिकाका युवक रेयान कोलिन्सलाई १८ महिना जेल सजाय सुनाइएको छ ।

जेनिफर लोरेन्सको एउटा नाङ्गो फोटो सन् २०१४ मा इन्टरनेटमार्फत लिक भएको थियो ।

केही प्रशिद्ध अभिनेत्रीसँगै ६ सय जना युवतीको नाङ्गो तस्बिर र भिडियो सार्वजनिक गरेको रेयानविरुद्धको आरोप प्रमाणित भएको हो ।

३६ वर्षका रेयानविरुद्ध गएको मे महिनामा मुद्दा चलाइएको थियो ।

उनले अभिनेत्रीहरुलाई मेल पठाएर उनीहरुको पासवर्ड ह्याक गरेको बताइएको छ ।

रेयानले ५० आइक्लाउड र ७२ वटा जिमेल एकाउन्ट ह्याक गरेका थिए ।

स्रोत : बिबिसी

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan