Sunday 26th of March | २०७३ चैत १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारको सुस्त गती

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर २ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २ मंसिर । पुष्पकमल दाहाल नेतृत्वमा कांग्रेस(माओवादी सरकार गठन भएको मधुमास समयमा अपेक्षाकृत काम गर्न सकेन । अर्थात सय दिन पूरा हुँदासम्म आफुले जनाएका प्रतिवद्धता अनुरुपको काम भएन ।

प्रधानमन्त्री दाहालले सरकार गठनको सय दिनमा पत्रकार सम्मेलन गरी मधेसीसहित असन्तुष्ट दल र पक्षका मागहरू सम्बोधन गर्न सकारात्मक पहल भएको, भूकम्पपीडितलाई राहतस्वरूप दिने भनिएको अनुदान रकमको पहिलो किस्ता वितरण गरेको, उनीहरूलाई दिने रकम दुई लाखबाट तीन लाख पु¥याएको, विकास आयोजनालाई गति दिने प्रयास गरेको, भारतसँगको सम्बन्ध सामान्य बनाउने काम गरेको जस्ता केही काम सफल भएकाले आफ्नो सरकार सफल भएको दाबी गरे । तर, यी प्रधानमन्त्रीले उल्लेख गरेका काममा जनताले अनुभव गर्ने गरी भएका काम कुनै देखिन्नन् ।

संविधान निर्माणपछिका १० महिनाका राजनीतिक गतिविधिले संविधान कार्यान्वयनमा चुनौतीहरू थपिएका थिए । यसअघिको केपी शर्मा ओली नेतृत्वको एमाले(माओवादी गठबन्धन सरकारले मधेसी दलहरूको असन्तुष्टि सम्बोधन गर्दै राजनीतिक प्रक्रिया अगाडि बढाउन उल्लेख्य काम नगरेको भन्दै उसप्रतिको विश्वासको मत माओवादीले फिर्ता लिएपछि यो गठबन्धन सरकार बनेको थियो ।

राष्ट्रवादको नाराभित्र राजनीतिक धुवीकरण बढाउँदै लगेर देशलाई द्वन्द्वतिर धकेल्ने खतरा कम गर्ने दाबीसहित बनेको नयाँ गठबन्धनलाई मेधेसी दलहरूले समेत समर्थन गरेका थिए ।

भारतसँग बिग्रेको सम्बन्धलाई सामान्यीकरण गर्ने तथा भूकम्पपीडितलाई तत्काल राहत र अनुदान उपलब्ध गराउनेसहित शान्ति प्रक्रियाका आधारभूत काम सम्पन्न गर्ने उद्देश्य पनि सरकारको प्राथमिकतामा पारिएको थियो । अहिले सरकारको मूल्यांकन पनि यही सन्दर्भ र सेरोफेरोमा गर्नुपर्ने देखिन्छ ।

सरकार गठनलगत्तै थालिएको मधेसी समस्या सम्बोधनको प्रक्रिया अझै निष्कर्षमा पुग्न सकेको छैन । कात्तिक मसान्तभित्र संशोधन प्रस्ताव पेश गर्ने भनिएपनि त्यो हुन सकेन । संविधान संसोधन भने प्रधानमन्त्रीको प्रयासले मात्र  सम्भव देखिन्न, त्यसका लागि प्रमुख प्रतिपक्षी एमालेको समर्थन चाहिन्छ ।

यता, मधेसी दलहरूले समेत वर्तमान सरकार र गठबन्धनको सीमिततालाई अस्वीकार गरिरहेको सन्दर्भमा मधेस समस्याको समाधान सहज देखिन्न । यसबाहेक भारतसँगको सम्बन्धमा सरकारका प्रयासहरू एकहदसम्म सफल भएपनि चीनसँगको सम्बन्धमा अविश्वास रहेको हो कि भन्ने आशंका जीवित छ ।

सरकारले भूकम्पपीडितलाई दिने अनुदानमा राम्रो काम गरेको छ, तर पुनर्निर्माणलाई गति दिन र पुँजीगत खर्च वृद्धि गरी रोजगारीका अवसर सिर्जना गर्न, आर्थिक विकासका कामलाई गति दिन अक्षम देखिएको छ । सरकार गठन भएदेखि अहिलेसम्म भ्रष्टाचारजन्य कार्यमा मुछिएको छैन् ।

मन्त्रीहरू बदनाम भएका छैनन् । सरकारले संघीयता कार्यान्वयनका सन्दर्भमा केही प्रयास गरेपनि अझै सार्थक बनेको छैन् । यीनै कामले सरकार सफल र असफल भनी किटान गर्न त नसकिएला तर, सरकारका कामको अहिलेको सुस्त गतिले पक्कै पनि उद्देश्य प्राप्ती हुने छैन् । 

न्यूज अभियान डट कमको अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् र हरेक खबर विशेष खबरका लागि पल-पलको अपडेट पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan