• FB
  • FB
  • FB
Wednesday 22nd of February | २०७३ फाल्गुण ११ बुधबार

मधेशी नेताका विरुद्ध हतियार उठ्नसक्छ

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर १६ बिहिबार
newsabhiyan

जेपी यादव । संविधान संशोधनको नाममा तराईवासी मधेशीसँग फेरि धोखा हुदैछ । मधेशका बच्चादेखि बुढासम्म छाति र टाउकोमा गोली खायौ तर मधेशको महासंग्राममा मधेश केन्द्रित दलका नेताहरूको कमजोर अडानको कारण मधेशको मुद्दालाई खस शासकहरूले मजाक उडाउन थालेका छन् ।

मधेश र मधेशीले खोजेको प्रमुख मुद्दा सिमाङकन हो र राज्यको हरेक निकायमा जनसङख्याको आधारमा समानुपातिक प्रतिनिधित्व । पहिलाका दुईटा मधेश आन्दॅलनमा ५३ जना र तेस्रो मधेश आन्दोलनमा ६८ जना शहादत प्रप्त गरे ।

त्यो पनि समग्र मधेश एक प्रदेशका लागि तर यहाँका शाषकको मनोविज्ञानको कारणले स्वायत मधेश दुई प्रदेश स्वीकानॅ बाध्य भएका छौ ।

हामीले काठमाडौदेखि मधेशसम्म संविधान जलायौ, किनभने त्यो विभेदकारी थियो । तर आज हाम्रा नेताका बच्चपनाका कारणले दुनियाका अगाडी संविधान स्वीकार्न बाध्य हुन गइरहेका छौ ।

तपाईहरूसँग आग्रह छ मधेशको सवालमा खुट्टा नकमाउनुस मधेशले जनमाएका वीर योद्धाहरू मधेशको स्मीताको रक्षा गरेका छन् र गरिराख्छन् । मधेशले आफनो भाग पूवॅ मेचीदेखि महाकालि चाहेको छ ।

नवलपरासीदेखि बदीॅया खोजेका छैनौ र प्रचणडको संविधानसभा पहिलादेखि अडान रहेका मधेशका विवदित पाँच जिल्ला झापा मोरङ्ग सुनसरी, कैलाली र कन्चनपुरलाई केन्द्र शासित र आयोगमा राखेर संशोधन गनेॅ त्यो कूरामा समझौता गनुॅ भो भने मधेशमा हतियार उठ्छ र त्यो सबभन्दा पहिला मधेशी केन्द्रित दलका अधयक्षहरूमाथि उठ्छ ।

एकपल्ट मधेशमा अधिकारका नाममा शहादत दिएका दुइवर्षे बालकदेखि वृद्धको बारेमा सोच्नुस । तर आज राष्टिृ«य नेताका लागि मधेश शब्द अपच भइ सकेको छ । तर केही वषॅ अगाडि मधेश शब्द नजोडिदा सडकमा हिड्ने बटुवाले पत्याएका अवस्था थिएन । मधेशि युवाहरू होशियार मधेशी शहिदले दिएको बलिदानिको रक्षा गर्न होशियार । आज मधेशि नेताहरू जय मधेश भन्न पनि डराई रहेका छन् ।

विगतका आन्दोलनले प्रमाणित भइ सकेका छन् कि मधेशले फैसला गनेॅ क्षमता राखेका छन् । खश शासक केपी शर्मा ओली झापाको विरता न मागेर आफ्नो अधिकार मागेका छौ । यस्ता मधेश विरोधि पाटीॅहरूलाई तराई मधेशमा प्रवेश गनॅ रोक लगाउ ।

(यादव तराई मधेश सद्भावना पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ)/सहारा टाइम्सको सहयोगमा

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan