Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनताको मर्म अनुसार विकास निर्माणमा पहल गर्नेछु : राज्यमन्त्री सिताराम

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर १६ बिहिबार
newsabhiyan
newsabhiyan


२०२८ सालमा नेपाल विद्यार्थी संघबाट राजनितिक क्षेत्रमा सक्रिय बनेका इनरुवा ८ निवासी सिताराम मेहता नेपाल सरकारका भौतिक योजना पुननिर्माण तथा यातायात राज्य मन्त्रीको जिम्मेवारी बुधबारबाट पाएका छन् ।

बुवा सुभलाल मेहता र आमा सुक्रिदेवि मेहताको जेठो छोरा सिताराम भौतिक योजना पुननिर्माण तथा यातायात राज्य मन्त्री बन्न सफल भएका हुन् । नेपाली कांग्रेसको राजनितिक यात्रामा जहिले अडिक रहने अत्यन्तै गम्भिर र शान्त स्वभावका मेहता लामो समयदेखी काँग्रेसको राजनितिक क्षेत्रमा छुटै पहिचान बनाई २०६४ सालको संविधान सभाको निर्वाचनमा सुनसरी क्षेत्र न.ं ४ बाट पराजित भएका थिए ।

तर जनताको मन जित्नुसँगै लोकप्रियता समेत बटुलिसकेका मेहताले  २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनबाट सोही क्षेत्रबाट भारी मतले बिजयी प्राप्त गरे ।  नेपाली राजनीतीलाई निरन्तरता दिदै ६३ वर्ष उमेर पार गरेका मेहता सो निर्वाचनमा १५ हजार २ सय ८ मत  ल्याई इनरुवाका पूर्व मेयर नेकपा एमालेका उम्मेदवार खेमराज पोखरेललाई पराजित गर्दै सभासद बन्न पुगेका हुन् । सभासदको यात्रापछी उनको थप जटिल यात्रा बुधवारबाट सुरु भएको छ । उनि बुधबारबाटै नेपाल सरकारको भौतिक योजना पुननिर्माण तथा यातायात राज्य मन्त्रीको जिम्मेवारी पाएका छन् । सोही क्रममा न्यूज अभियानकर्मी टोमराज मेहताले गरेको संक्षिप्त कुराकानीको अंश ः

१. भौतिक योजना पुननिर्माण तथा यातायात राज्य मन्त्रीको जिम्मेवारी पाउँदा कस्तो अनुभव लागिरहेको छ ?

सुनसरी क्षेत्र न.ं ४ का जनताले मलाई विश्वास गरी दिएको मतले सभासदबाट बुधवारदेखी भौतिक योजना पुननिर्माण तथा यातायात राज्य मन्त्रीको जिम्मेवारी पाउँदा अत्यन्त खुशी भएको छु । आजबाट थप जिम्मेवारी बढेको अनुभव हुदैछ ।

२. राज्यमन्त्री भएपछी तपाईको नयाँ योजनाहरु के–के छन् ?

नेपाली जनताको चाहना अनुसार ग्रामिण क्षेत्रमा विकास निर्माणको क्रममा ओझेलमा परेका सडक निर्माण, भौतिक पूर्वाधारका विकास निर्माण र गाउँका गरिव विपन्न समुदायमा वसोवास गर्ने क्षेत्रमा भौतिक पूर्वाधार योजना प्रभावकारी रुपमा संचालन गर्न अहम भुमिका खेल्नेछु । बिशेष गरी हुलाकी मार्ग निर्माणमा आफू सक्रिय बन्ने बिचारमा छु । यातायात,खानेपानी,विधुत सवैको पहुचमा पुरयाउने मुख्य एजेण्डाहरु  रहेको छ । मैले समग्र सुनसरीबासीहरुको हित र विकास निर्माणमा सकृय रहने प्रतिबद्धता व्यक्त गर्छु ।

३. तपाई मुलुकको महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनुभयो । तपाईले सुनसरी जिल्लाको विकास निर्माणको अवस्था कस्तो पाउनुभएको छ ?

सुनसरी जिल्ला विकासको हिसावले सुगम भएपनि यहाँका ग्रामिण सडकहरुको अवस्था जिर्ण रहेको पाएको छु । इनरुवा देखी कप्तान्गंज गाविस सम्मको बाटो, हरिनगरा देखी बिराटनगर जोड्ने बाटो, देवानगंजदेखी बिराटनगर सम्मको बाटो, बविया देखी सत्तेरझोरा जानेबाटो, भुटाहा देखी घुस्की सम्मको बाटो जिर्ण रहेको पाएको छु, यसका साथै सदरमुकाम इनरुवाका सडकबाटो पनि जिर्ण छ । यसको निर्माण र सुधारमा जोडदार प्रयास गर्नेछु । 

४. सुनसरीका यि विकास निर्माणका कार्यहरु सुधारका लागि के के पहल गर्नुहुन्छ ?

सबै जनताको मर्म र भावना अनुसार गम्भिरता पूर्वक नेपाली जनताको हितमा आफुले पाएको जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरी सुनसरी सहित मुलुकको विकास निर्माणमा लागनेछु । सुनसरीमा ओझेलमा परेका विकास कार्यहरु तिब्रगतिमा संचालन गर्ने पहल गर्नेछु ।

५. तपाई किसानका छोरा राज्यमन्त्री हुनुभयो । खासगरी सुनसरीका कृषि सडकहरुको अवस्था दयनिय छ । यसको सुधारका लागि के गर्नुहुन्छ ?

वास्तवमा म किसानको छोरा हुँ । किसानको छोरा हुनुमा मलाई गर्व छ । विडम्वना हाम्रो मुलुक कृषि प्रधान देश भएपनि यहाँ भने जस्तो कृषि क्षेत्रको विकास पूर्ण रुपमा हुन सकेको छैन् । सुनसरी जिल्ला तरकारी उत्पादनको हिसावले अन्य जिल्ला भन्दा उर्वरभुमी रहेको छ । ग्रामिण क्षेत्रका कृषि सडकहरुको अवस्था साच्चै दयनिय रहेको छ । जसले किसानले खेतवारीमा उत्पादन गरेको तरकारी बजार सम्म ल्याउन समस्या रहेको छ । कृषि सडकको निर्माण र मर्मतसंम्भारका लागि नेपाल सरकारबाट सुधारका लागि नयाँ योजना बनाउनेछु ।

६. नेपाली काँग्रेसको गढ तराई मधेश हो तर तराई मधेश क्षेत्रमा विकासको अवस्था दयनिय छ । यसमा के भन्नुहुन्छ ?

काँग्रेस जहिले नेपाली जनताको हितमा काम गर्छ । चाहे त्यो तराईका हुन या पहाडका यसमा तराईमा विकास कम भएको म स्वीकार गर्छु । यो कमी विस्तारै सकिदै गएको अवस्था छ । अझ तराईको समस्या सामाधान गर्न मेरो पार्टी कृयाशिल छ ।

७. सुनसरी भारतसँग जोडिएको छ । यसमा समिकरणिय विकास कसरी हुन्छ ?

भारतसँग रोटी बेटीको सम्बन्ध छ । यसलाई अझ थप प्रगढ गरेर लानुपर्छ । सिमा क्षेत्रबाट मुलुकका बिभिन्न क्षेत्रमा रेलवे लाईन ओछ्याउने योजना बढी सकेको छ । यसका लागि नेपाल सरकारले गृहकार्य समेत थालि सकेको छ । अव भारतिय सिमावर्ती क्षेत्रसँग नेपाली सिमा क्षेत्रका जनताहरु नजिक हुनेछन् ।


८. सुनसरी सदरमुकाम इनरुवामा रहेको पूर्वाञ्चलमै प्रख्यात रामजानकी तरकारी थोक बजारमा भौतिक पूर्वाधारको अभाव रहेको छ । यसको विकासका लागि केही सोच्नुभएको छ ?
यसका लागि मैले केही सोच्नै पर्दैन । यो राज्यको विकास हो, राज्यले यसतर्फ गम्भिर भएर ध्यान दिन्छ ।

९. अन्त्यमा केही भन्नुहुन्छ कि ?
म नेपाल, तराई मधेश र मुलुकमा बसेका सबै जातजातीको प्रतिनिधित्व गरेर आज राज्य मन्त्री भएको हुँ । मेरो काँधमा उनिहरु सबै जिम्मेवारी छ । काँग्रेसले सबै नेपालीको पक्षमा काम गर्न हामीलाई उत्प्रेरित गरेको छ । यसै अनुसार हाम्रो कार्य योजना अगाडी बढ्नेछ । यससँगै मलाई यहाँसम्म पु¥याउन सहयोग गर्नुहुने सबैलाई म हृदयदेखी धन्यवाद दिन चाहन्छु र वहाहरु सबैसँग सकारात्मक सल्लाह र सुझावको अपेक्ष गर्दछु ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan