Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मलाई टु पिस लगाउन मन पर्छ ! ,'गुण्डा टाईपको केटा मन पर्छ'

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर १८ शनिबार
newsabhiyan
newsabhiyan

 नेपाली लोक गायिका ज्योति मगर विवादमा आईरहने गायिकामा पर्छिन् । त्यतिमात्रै होईन, उनी छोटो पहिरनका कारण पनि चर्चामा आईरहन्छिन् । तर पछिल्लो समय उनको लवाई, खवाई र हिँडाईका कारणले गायन क्षेत्रमा बहसको विषय बनेको छ ।

खासगरी युवायुवतीहरुकोवीचमा लोकप्रिय बन्दै गएकी गायिका मगरको शो नेपालमा मात्रै विदेशमापनि उतिकै रुचाईएको छ । उनी निर्धक्क भएर भन्छिन्,‘मलाई टु पिस लगाउन मन पर्छ ।’ हिमालय टेलिभिजनको चर्चित कार्यक्रम ‘धमलाको हमला’ मा अन्र्तवार्ता दिएपछि भने उनी निकै चर्चामा आईन् । गायिका मगर स्वदेशमै पनि विभिन्न कन्सर्टमा भाग लिन देशव्यापी दौडाहामा निस्किन्छिन् । कन्सर्टकै सिलसिलामा विराटनगर पुगेकी गायिका मगरसँग पत्रकार ऋषि धमलाले प्रेम, रोमान्स र विवाहको बारेमा गरेको कुराकानीको सम्पादित अंश :

यतिवेला तपाई केमा व्यस्त हुनुहुन्छ ?

यस्तै स्टुडियो, सुटिङ, कन्सर्टमै व्यस्त छु ।

तपाई त खुबै रमाईलो गर्नु हुन्छ अरे नि ?

रमाईलो गर्नुपर्छ । हाहाहा..

कस्तो खालको रमाईलो गर्न मन लाग्छ ?

म्युजिकमा पागलपन देखाउन मन लाग्छ ।

छोटो कपडा लगाएर अरुलाई नि नचाउने आफु पनि नाँच्ने है ?

हो नि… हल्का । त्यो त लगाउनै पर्यो नि । अरुलाई पनि नचाउँछु म । आफू पनि नाच्छु । मेरो कामै नाच्ने र नचाउने हो ।

छोटो लुगामा तपाई बहुत जम्नुभएको छ, तर यसबारेमा विरोध र आलोचनापनि उतिकै भैरहेको छ नि?

हजुर । मलाई सुहाउँछ या सुहाउँदैन त्यो मलाई थाहा छैन तर मलाई स्टेजमा प्रस्तुति दिँदा सजिलो हुन्छ । छोटो लुगा लगाएर नाच्न, गाउनपनि सजिलो हुन्छ । अनि दर्शकहरुले पनि मजा लिन्छन् ।

तपाईलाई मन पराउनुको मुख्य कारण छोटो लुगा नै हो त ?

मेरो प्रस्तुतिमा भुम्नु भएको हो ।

तपाई त हट गायिका है ?

अँ.. हिहिहि.. कुल नै हो । जाडोको मौसममा हटले तान्छ नि । हटले तान्नु पर्ने तर म कुल हुँ जस्तो लाग्छ । म स्टेजमा पुगे भने हट रैछु भन्ने सोच्छु ।

भनेपछि धेरैलाई तताउनु हुन्छ ?

हैन । धेरैले मलाई पनि त तताउनु हुन्छ नि ।

जीवनमा कसलाई तताउनु हुन्छ ?

जीवनमा.. यसबारेमा केही सोचेकी छैन् ।

अब त चाहियो नि विश्वासिलो र भर पर्दो मान्छे होईन र ?

एकदिन तपाई जस्तै आए भने हेरांैला । तर विवाह चाहीँ गर्छु

कहिलेसम्म विवाह गर्नुहुन्छ ?

अहिले दुई÷चार बर्ष विवाह गर्ने योजना छैन तर मिल्ने र आफूले मनले खाएको केटा आयो भने भन्न सकिँदैन् ।

बिवाह नगरि बस्ने सोच त हैन ? कोही छन् कि बाहिर नै ?

विवाह त गर्नुपर्छ त्यस्तो कोही छैन् । मनपर्नको लागित त मुटु ढुकढुक हुने हुनु पर्यो नि ।

अहिलेसम्म घण्टी बजाउनेहरू आएका छैनन् ?

यसरी बजाउनेगरी त अहिलेसम्म कोही आएका छैनन् । अगरबत्ति बाल्नेसम्म आएका छैनन् ।

सेक्स त चाहियो नि जीवनमा ?

अहिले नै चाहिन्छ भन्ने छैन् । टेक्नोलोजिको यूगमा सेक्स गर्नको लागि केटा मान्छे नै चाहिन्छ भन्ने छैन् ।

केटा मान्छेको कल्पना गर्नुहुन्छ ?

गरेको छैन् । केटा मान्छेको कल्पना गरेको छैन् । निदाउँदा र उठ्दाखेरी केटा मान्छेको कल्पना गर्नुपर्दैन ।

तपाईको सपनामा आउने मान्छे को होला ?

अहिलेसम्म आएकै छैन । आएको समयमा भनांैला ।

चलचित्र कतिको हेर्नुहुन्छ ?

पहिला गीतहरू हेर्छु । त्यसपछि फिल्म हेर्छु ।

जीवनमा पैसा कत्तिको कमाउनु भयो ?

मलाई पुग्नेसम्म कमाएँ ।

आजको दिनमा ज्योतिसँग कत्ति सम्पति छ ?

ज्योतिसँग केही पनि छैन् । गाडी, बंगाला केही छैन् ।

उसो भए गाँठवाला भएको आएको छैन् ?

छैन् । तर म त्यस्तो मान्छे चाहन्न ।

महिनामा कति कमाउनु हुन्छ ? प्रत्येक दिन कति कमाउनु हुन्छ ?

महिनामा पाँच लाखसम्म कमाई हुन्छ । एउटा कार्यक्रममा गए भने ८० हजार जति लिन्छु । कुनै महिना खालि नै भईन्छ ।

रक्सी पिउनु हुन्छ नि, हैन ?

साथीहरू बसेको बेला जुनसुकै ब्राण्डमा मेरो सहमति हुन्छ । लोकलदेखि ब्लुलेबलसम्मै ।

रक्सी लागेर मातेको अनुभव छ ?

गीत गाउँछु । रमाईलो गर्छु ।

खाएर मातेर मतहोसमा घर जानु हुन्छ होला है ?

त्यसरी मात्तिएर होस हराएको छैन ।

अहिले तपाई कोसँग बस्नुहुन्छ ?

भाई, र दिदीको छोरा छोरी हुनुहुन्छ ।

राजनीतिमा नआउने ?

मेरो बसको कुरा होईन ।

मन पर्ने नेता को हो ?

भाषणको हिसावमा गगन थापा, कामको हिसावमा केपी शर्मा ओली मन पर्छ ।

पूर्वराजा ज्ञानेन्द्रलाई भेट्नु भएको छ ?

नाई मेरो फ्यान होईन । बरु पारस शाहलाई भेट्न मन छ । अलि गुण्डा टाईपको केटा मन पर्छ ।

त्यसो तपाईलाई तह लगाउनको लागि गुण्डानै चाहिने भए है न त ?
त्यस्तो त होईन् । तर राजखानदानिमा सम्बन्ध राम्रै हुन्छ ।

कुन नेतालाई भेट्ने मन छ ?

गगन थापा ।

डोनाल्ड ट्रप्पलाई भेट्ने मन छैन ?

छैन् । बाहिर भन्दा पनि देशभित्रका नेतालाई भेट्ने मन छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan