Saturday 22nd of July | २०७४ श्रावण ७ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

न्यूज अभियान चौथो बर्षमा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर २० सोमबार
newsabhiyan
newsabhiyan

काठमाण्डौ । मध्य मंसिर कटेको छ । राजधानी काठमाण्डौको चिसोसगैँ तिन बर्ष अगाडि सुरु गरिएको यस नेशनल भिजन मिडिया ग्रुपद्धारा संचालित न्युज अभियान डट कमले चौथो बर्षमा प्रवेस गरेको छ ।

निकै कस्ट र सकसको यात्रा तयहुदैँ आज चौथो बर्षमा प्रवेस गरेको सुखद् अनुभुती तपाई पाठक र दर्शकलाई सुनाउन पाउँदा हामी पुलङ्कित भएका छौ ।

दुख बिर्साउन सहयोग गर्ने आम पाठकवर्ग, बिज्ञापनदाता,शुभचिन्तक र अगाडि बढ्न हौसाउने बौद्धिक बर्गलाई एक पटक कम्पनीको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्न चाहान्छौ ।

मुलुकको राजधानीबाट सञ्चालन भइरहेको सर्वाधिक लोकप्रिय अनलाइन पत्रिका  न्युज अभियान मंसिर महिनाको मध्यसगैँ तेस्रो बर्ष पार गरी चौथो बर्षमा प्रवेश गरेको हो ।

बिश्वभरि छरिएर रहेका नेपालीहरु बिच निकै लोकप्रिय न्युज अभियान अनेक आरोह र अवरोहका बिच चौथो बर्षमा पाइला टेकेको छ ।

नेशनल भिजन मिडिया ग्रुपद्धारा संचालित न्युज अभियान विशुद्ध संचार क्षेत्रमा सक्रिय ब्यक्तित्वहरुबाट संचालित संचार माध्यम हो । यस संचार माध्यममा कुनै वाह्य ब्यक्ती वा संस्थाको लगानि नरहेको जानकारी समेत गराउन चाहान्छौ ।

यस संचार माध्यममा लगानि गर्नेहरुकै निरन्तर खटानले आज हामी यहाँ सम्म आइपुगेका छौं ,त्यसैले त हामी कसैसगँ वितलित हुन परेन । कुनै पनि काम गर्न आर्थिकले मात्र रोकिन्न ।

जहाँ इच्छा आकांक्षा संगै कर्ममा निरन्तरता हुन्छ त्यसले सफलता पाउछ भन्ने लामो उद्देश्य र लक्ष्यका साथ हामी अडिक भएर अगाडि बढेकाछौं । यस संचार माध्यमले तिन बर्षको समयमै देश– विदेशमा रहनुहुने समस्त आम नेपालीहरुको मन जित्न सफल भएको छ ।

मुलुकको केन्द्रमै रहेर पनि आवाजबिहीनहरूको आवाज बनी सुचनाको सम्बाहक र खोज पत्रकारीतालार्इ निरन्तरता दिँदै यस अनलाइनले नेपाल र नेपालीको मात्र नभइ राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार समेत द्रुत गतिमा प्रकाशन,प्रसारण गर्दै आएको यहाँहरुलाई अवगतनै छ ।

स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको उच्च रोजाइमा पर्न सफल यस अनलाइनले पाठक ,दर्शकहरू माझ निष्पक्ष , पारदर्शी एवम सत्य तथ्य समाचार प्रकासन गर्दै आइरहेको छ ।

विश्वभरीका पाठकहरूसमक्ष सत्य तथ्य समाचार प्रकासन गर्दै आएको यस अनलाइनले चौथो बर्षमा प्रवेस गरेसंगै आगामि दिनहरूमा अझ सशक्त रूपमा अघि बढ्ने प्रण पनि यहाँहरु सामु गर्न चाहान्छौं । 

हामीलार्इ यहाँ सम्म ल्याउन योगदान पूर्याउने समस्त पाठकवर्ग, बिज्ञापनदाता,शुभचिन्तक, तथा समाचार ,लेख रचना सहयोगीहरूप्रति हार्दिक हार्दिक आभार प्रकट गर्दछौं ।

साथै आगामि दिनहरूमा पनि सहयोग,सल्लाहको अपेक्षा राखेका छौं । साथै यस नेशनल भिजन मिडिया गु्रप प्रालीले न्यूज अभियान डट कम ,न्यूज अप्रेसन डट कम,बैङ्किङ समाचार डट कम,एनभीएम अनलाइन टीभी ,लगायत अन्य कार्यक्रम  संचालन गर्दै आएको छ ।

अन्त्यमा, हामी मुलुकको राष्ट्रियता, अखण्डता र स्वाभिमान प्रति जिम्मेवार छौं र रहने छौं भन्ने प्रण समेत दिलाउदैँ आगामि दिनमा अझ सशक्त कलम चलाउने प्रतिबद्धता जनाउन चाहान्छौं ।

यो संचार माध्यम न कुनै दलको हो । न कुनै धर्म बिशेषको । हाम्रो खबरदारी ! सवल नेपालका लागि हो । उन्नत नेपालका लागि हो । सु-शासनका लागि हो । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan