Thursday 27th of July | २०७४ श्रावण १२ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘रोजगारी प्रमुख प्राथमिकतामा’ : उद्योगमन्त्री नवीन्द्रराज जोशी

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर २० सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौँ, २० मङ्सिर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नयाँ रोजगारी सिर्जना गर्नु मुलुकको प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ ।

उद्योग मन्त्रालयअन्तर्गतको उद्यमशीलता विकास कार्यक्रममा सघाउँदै आएका नेपालस्थित राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिसँगको आज मन्त्रालयमा सम्पन्न बैठकमा उहाँले थप रोजगारी सिर्जनाको लागि सामूहिक प्रयास आवश्यक भएको बताउनुभयो ।

गरिबी निवारण र रोजगारी सिर्जनामा सबै संस्थाको महत्वपूर्ण योगदान रहेको भन्दै मन्त्री जोशीले प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक केन्द्र स्थापना गरेर स्वरोजगार सिर्जना गर्न लागिएको जानकारी दिनुभयो ।

सो अवसरमा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठले स्थानीय स्रोत साधनमा आधारित लघु उद्योगलाई प्रवद्र्धन गर्दै जान जरुरी रहेको बताउनुभयो ।

उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले सञ्चालित कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिले सञ्चालित सीपमूलक तालिमलाई स्थानीय आवश्यकताअनुरुप परिमार्जन गर्न आवश्यक देखिएको बताएका थिए । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan