Saturday 24th of June | २०७४ असार १० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दलहरुको सहमतिको लागि संविधान संशोधन प्रस्ताव फिर्ता हुनपनि सक्छ : सभामुख घर्तीमगर

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर २४ शुक्रबार
newsabhiyan
newsabhiyan


सभामुख ओनसरी घर्तीमगरसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानकिो सम्पादित अंश :

तपाइँले प्रमुख प्रतिपक्षलगायत विपक्षी दलले अवरोध गर्दै आएको संसद सुचारु गर्ने विषयमा प्रमुख दलका शीर्ष नेतासँग परामर्श सुरु गर्नु भएको छ, छलफल कत्तिको सकारात्मक भयो ?

यो प्रारम्भिक छलफल हो । मलाई विश्वास छ, राजनीतिक दलबीचको विभिन्न चरणको वार्ता र सम्वादमाफर्त हामी सहमतिमा पुग्न सक्छौं ।

अहिलेसम्म हेर्दा दलका नेताहरु आफ्नो अडानबाट टसमस भएको देखिँदैन । यस्तो अबस्थामा सहमति कसरी संभव होला ?

त्यो त उहाँहरुको दलको पार्टीको वा पक्षको निर्णय हो । आफ्नो धारको निर्णय त जसले पनि लिन्छ । तर जव सहमतिकालागि भनेर वार्ता वा संवाद गरिन्छ, तव त देशकालागि सहमति जसरी पनि गर्नुपर्छ । मलाई विश्वास छ सहमति चाँडै हुन्छ ।

तपाइँले बारम्बार सहमतिको प्रयास गर्दै आउनु भएको छ, अहिले प्रमुख तीन दलका शीर्ष नेता एकै ठाउँमा बसेर सहमतिमा आउने संभावना कत्तिको देख्नुहुन्छ ?

एकदम सहमति हुने संभावना छ । किनभने सहमतिको विकल्प नै छैन । सबै दलले देश र जनतालाई सर्वोपरी ठानेर निकास दिनुपर्छ । जुन काम प्रमुख दलहरुले पहिला पनि गर्दै आएका हुन् । अहिले पनि आफ्नो दल, पार्टी वा पक्षको अडानभन्दा माथि उठेर देश र जनतालाई सर्वोपरी ठानेर निकास खोज्ने हो भने सहमति धेरै टाढा छैन ।

प्रमुख दलका शीर्ष नेतालाई छुट्टाछुट्टै भेट गर्नु भयो । उहाँहरुले त आफ्नो अडान छोडेको कुरा त गर्नु भएको छैन ?

उहाँहरुसँग मैले एक्ला एक्लै भेटवार्ता गरेको हो । मैले किन एक्ला एक्लै भेटेको हो भने उहाँहरुको अडानका विषयमा जानकारी लिन सजिलो हुन्छ भन्ने मेरो विश्वास हो । किनभने मुलुकलाई निकास दिने काम त उहाँहरुकै हो नी । उहाँले देशको जसरी जिम्मेवारी बोक्नु भएको छ, त्यो जिम्मेवारीले उहाँहरुलाई कर्तव्यबोध गराउँछ भन्ने मैले विश्वास लिएकी छु । दुई चार दिन बहस होला, छलफल होला, आफ्नो कुरा जनताबीचमा राख्नु होला, जनताको प्रतिक्रिया बुझ्नु होला, त्यसपछि जताको हित केमा हुन्छ भन्ने कुराको विचार गरेर देश र जनताको पक्षमा निर्णय लिने जिम्मेवारी त उहाँहरुकै हो नी ।

प्रधानमन्त्रीले कुनै पनि हालतमा संशोधन प्रस्ताव फिर्ता नलिने बताउनु भएको छ भने एमाले अध्यक्ष केपी ओलीले प्रस्ताव फिर्ता नलिएसम्म संसद चल्न नदिने बताइसक्नु भएको छ, यस्तो अवस्थामा मिलन विन्दु के हुन सक्छ ?

यो अडान उहाँहरुको आफ्नोतर्फबाट निर्णय भइसकेको हुनाले त्यसको पक्षमा उहाँहरुले अडान लिनु भएको हो, त्यसलाई स्वाभाविक रुपले लिनुपर्छ । तर जव उहाँहरु संवादको टेवुलमा बस्नुहुन्छ, तब आफ्नो अडानमा बसिराख्ने भन्दा पनि देश र जनताको पक्षमा निर्णय गर्नुहुन्छ र गर्नैपर्छ ।

निकास दिनुपर्छ भनेर नै तपाइँले भेटघाटलाई तीब्रता दिनु भएको हो। कांग्रेस सभापतिले तपाइँसँगको भेटमा केही बीचको बाटो देखाउनु भयो ?

उहाँसँग पनि मेरो एक्लै भेट हो, संयुक्त होइन । उहाँहरुले सरकारका तर्फबाट भएका कामका विषयमा डिफेन्स गर्नु भयो । उहाँले आफ्ना भनाइ राख्नु भयो । दुवै नेता, प्रतिपक्ष र सत्तापक्षका नेताले संवादमार्फत नै निकास खोज्नुपर्छ भन्ने विषयमा विमति जनाउनु भएको छैन । सहमति मै यो मुलुकलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा उहाँहरुले विमति राख्नु भएको छैन् । यही हो उहाँहरुको साझा धारणा । त्यसकालागि जुन कुरा आएको छ, त्यसलाई हल गर्नकालागि उहाँहरु टेवलमा बस्नुप¥यो, संवाद गर्नुप¥यो , छलफल गर्नुप¥यो, जनता र देश सम्झिनुप¥यो, त्यसपछि उहाँहरुले मिलेर मुलुककालागि निकास निकाल्नुहुन्छ भन्ने मलाई विश्वास छ । आजै अहिले नै नआएपनि सहमतिको त विकल्प छैन, त्यो कुरा नेताहरुले पनि बुझ्नु भएको छ ।

अझैपनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओली एकै ठाउँमा बस्ने अवस्था छैन । तपाइँले प्रचण्ड र ओलीलाई एउटै टेवलमा राख्न सक्नुहुन्छ ?

त्यो त उहाँहरुको इच्छाको कुरा भएन नी । कि उहाँहरुले म यो देशको नेता होइन,देश र जनताको जिम्मा लिँदैनौं भन्नुप¥यो । होइन भने त एउटै टेवलमा मलाई इच्छा लागेको छ, बस्छु इन्छा लागेको छ बस्दिन भन्न मिल्दैन । मैले त आजै (बिहीबार) नै तीन दलका शीर्ष नेतालाई एकै ठाउँमा राख्ने विचार गरेकी थिएँ। तर तीनै जना राजधानीमा उपलब्ध नभएका कारण एमाले अध्यक्ष र कांग्रेस सभापतिलाई बेग्ला बेग्लै भेटेकी हो । प्रधानमन्त्रीज्यु सुदूरपश्चिम भ्रमणमा रहेका कारण पनि तीनवटै नेता बस्न संभव भएन ्। मैले बोलाएको भए उहाँहरु आउनुहुन्थ्यो ।

दुई नेताबीच त छलफल गर्नु भएको कस्तो संकेत पाउनु भयो ?

उहाँहरु मुलुकको भविष्यप्रति निकै चिन्तित र गम्भीर हुनुभएको पाएँ । सहमतिबाटै मुलुकलाई निकास दिनुपर्छ, सहमतिको विकल्प छैन भन्ने नै उहाँहरुको भनाइ थियो ।

संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ भनेर प्रमुख प्रतिपक्ष दल एमालेले भनिरहँदा त्यसकालागि तपाइँले पनि पहल गर्नुहुन्छ ?

संशोधन प्रस्ताव फिर्ता वा अगाडि बढाउनुपर्छ भन्ने विषयमा मेरो आफ्नो पहल हुन्न । किनभने त्यो दलहरुबीचको कुरा हो । सरकारले आफ्नोतर्फबाट हाउसमा विजनेश ल्यायो , प्रतिपक्षले आफ्नोतर्फबाट टिप्पणी ग¥यो वा त्यसमा आफ्नोतर्फबाट विमति जाहेर ग¥यो । त्यसमा उहाँहरुबीच सहमति भइसकेपछि त्यो अगाडि बढ्छ ।

तर तपाइँले कार्यसूचिबाट त हटाउनु भयो नी ?

त्यो कार्यसूचिबाट हटाएको होइन । कार्यसूचिमा राख्न केही प्रक्रिया पुग्न आवश्यक थियो । जस्तो संसदमा दर्ता भएको कुनै पनि विधेयक परिपक्व हुन पाँच दिन समय लाग्छ, । अब प्रक्रिया पूरा भइसकेको छ। तर दलहरुबीच सहमति भइनसकेको अवस्थाा त्यसलाई कार्यसूचिमा नराखेको हो । सरकारको विजनेश हो, हाउसले सरकारकै विजनेशलाई अगाडि बढाउनुे हो ।

त्यही भएर सरकारका प्रधानमन्त्रीलगायतका नेताहरुले त्यसलाई अगाडि बढाउनुपर्छ भन्नु भएको हो । तर राजनीतिक दलबीच दूरी बढाएर हामीलाई फाइदा छैन ।त्यसैले उहाँहरुबीचको दूरी कम गर्नकालागि मैले यो भूमिका निर्वाह गरेको हो ।
तर, एमालेले संसद चल्नै नदिने हो भने यसरी कहिलेसम्म बस्नुहुन्छ ?

अविछिन्न रुपमा संसद अबरोध गर्ने कुरा मलाई लाग्छ एमालेले पनि सोचेको छैन् । सोच्नुपनि हुँदैन । संसद भनेको जनताको कुरा राख्ने ठाउँ हो । जनताको आवाजलाई धेरै दिनसम्म बन्द गर्नु हुँदैन ।

एमालेको विगत हे¥यो भने त एमालेले नगर्ला भन्न सक्ने अवस्था छ र ? ०४८ सालपछि एमालेले ५८ दिनसम्म सदन अबरुद्ध पारेको इतिहास छ ?

त्यसो त अरुहरुले पनि महिनौंसम्म नारा लगाएर बस्नु भएको छ । हाम्रा विभिन्न प्रचलन छन् । मलाई लाग्छ, उहाँहरुले सहमतिमा आउनै नसक्ने कुरा हुँदैन र त्यसो हुनुपनि हुँदैन । उहाँहरुले देश र जनताप्रति गम्भीर पार्टी भएका कारण सदनको अवरोध धेरै दिन जाँदैन ।

अहिले पनि धेरै विधेयक संसदमा अलपत्र परेका छन्। महाभियोग प्रस्ताव अलपत्र परेको छ भने निर्वाचन सम्बन्धि कानुन हालसम्म पारित हुन सकेका छैन्। तीनलाई कसरी अगाडि बढाउनु हुन्छ ?

पहिलो कुरा राजीतिक दलहरुबीच सहमतिकालागि म समन्वयको प्रसाय गर्छु । उहाँहरुबीचबाट सहमति निकाल्न सक्छु भन्नेमा म विश्वस्त छु । त्यसो भयो भने प्रक्रिया अगाडि बढिहाल्छ । हामीले योबीचमा धेरै काम गरेका छौं । बाँकी काम पूरा गर्नपनि सदन खुल्यो भने धेरै समय लाग्दैन । हामीले सदन सुचारु गर्न सक्यौं भने तपाइँले भन्नु भएका काम पूरा गर्न धेरै समय लाग्दैन ।

सदन कहिले खुल्छ ?

मेरो प्रयास चाँडो भन्दा चाँडो खोल्ने रहन्छ । सकेसम्म चाँडै खोल्ने हो , त्यसो हुन सकेन भने म दुवई भ्रमणमा जाँदैछु। त्यसपछि आएर फेरि सहमतिको प्रयास हुनेछ । सदन खोल्ने विषयमा मेरो निरन्तर प्रयास हुन्छ ।म आज पनि सदन खोल्ने विषयमा विभिन्न ढंगले राजनीतिक दलका नेताहरुसँग सम्बादमा छु । र भोलिपनि मैले यो प्रसायलाई जारी राख्छु । र मलाई के विश्वास छ भने दलहरुबीच सहमति हुन्छ र छिट्टै सदन सुचारु हुन्छ ।

संविधान संशोधन हुन्छ भन्नेमा तपाइ कत्तिको विश्वस्त हुनुहुन्छ ?

संविधान संशोधन हुन्छ वा फिर्ता जान्छ भन्ने विषयमा मेरो आफ्नो मत हुँदैन । मैले भन्ने के हो भने राजीतिक दलले सहमति गरेर आउनुस् प्रक्रिया अगाडि बढाऔं भन्ने हो । किनभने यो देशलाई यसरी बन्दी बनाएर राख्न पाइँदैन । यो देश र जनताका नेताहरुले निकास दिनुपर्छ र दिनुहुन्छ भन्ने विषयमा म स्पष्ट छु । राजनीतिक दलबीच सहमति भयो भने प्रक्रियामा जानपनि सक्छ र फिर्ता हुनपनि सक्छ । सबैभन्दा पहिला दलहरुबीच सहमतिहुन आवश्यक छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan