Sunday 23rd of July | २०७४ श्रावण ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिप पाएपछि महिलाले रोजगारी पाउन थाले

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर २९ बुधबार
newsabhiyan

टोमराज मेहता, सुनसरी, २९ मंसिर । सरकारी निकाय तथा बिभिन्न सामाजिक संस्थाबाट सिप हासिल गरी सुनसरीमा पछिल्लो समय आयअ ार्जन गर्ने महिलाहरुको संख्या बढेको छ ।

सरकारी निकाय तथा अन्य दातृ निकायबाट शहरी तथा ग्रामिण क्षेत्रमा सिपमुलक कार्यक्रमहरु आयोजना हुन थालेपछी त्यसको फाईदा लिदै आयआर्जन गर्ने मानिसहरु सुनसरीमा बढेको हो ।

मुलुकमा धेरै युवाहरुले रोजगारी नपाई बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा कमी ल्याउने उद्धेश्यले संचालित रोजगारमुलक तालिमबाट सिप हासिल गरी सिकेको सिपलाई सदुपयोग गर्न थालेपछी यहाँका मानिसहरुको आयआर्जन बढेको हो । यस्ता खाले तालिमले रोजगारीको सृजना गरेपछी यहाँ अधिकाँशले सिपको सदुपयोग गर्दै रोजगारी गर्न सफल बन्न थालेकाछन् ।

खास गरी शहरी क्षेत्र भन्दा टाढा रहेका गा्रामिण क्षेत्रका महिला तथा युवायुवतीहरुले बिभिन्न सिप मुलक तालिम हासिल गरी आर्य आर्जन गर्नका हुन् । सिपको सदुपयोग गर्दै उनिहरुले आयआर्जन गर्न थालेपछी परिवारको जिवनस्तरमा समेत सुधार हुन थालेको छ ।

हातमा कुनै पनि  सिप नभएपछी बैदेशिक रोजगारीमा जाने सोच बनाई सकेकी इनरुवा १० की अस्मिता मगरले गाउँमा संचालन भएको ब्यट्रीपार्लर सम्बन्धित सिपमुलक तालिमबाट सिप पाएपछी उनि बैदेशिक रोजगारमा जाने सोच त्यागेकिछिन् ।

न मागेर पाईन्छ, न खोजेर पाईन्छ, स्वरोजगार बन्न सिप नै चाहिन्छ भन्ने कुरालाई आत्मसाथ गरी उनले हासिल गरेको सिपबाट रोजगारी पाएपछी उनि खुशी छिन् । मगर भन्छिन्– पैसा कमाउनकै लागि अव विदेश जानु पर्दैन, सिप पाएपछी यही रोजगारी पाएको छु ।

आफुले सिपको सदुपयोग गर्दै मासिक ७ देखी ९ हजार सम्म कमाउन थालेपछी आफु सहित आफ्नो परिवारको जिवन स्तरमा परिवर्तन आएको उनले बताईन । 

यस्तै प्रकाशपुर–२ की २५ वर्षिया गिता न्यौपानेले समेत गाउँमै सेवक नेपाल नामक संस्थाले संचालन गरेको सिलाई कटाई सम्बन्धि सिपमुलक तालिमबाट सिप हासिल गरी हासिल गरेको सिपलाई सदुपयोग गर्दै प्रकाशपुर बजारमा आफ्नै टेलर्स खोलेकी छिन् । सिलाई कटाई सिपको माध्यमबाट गिताले अहिले दैनिक ५ सय देखी १ हजार कमाउन थालेको उनले बताईन ।

यसैगरी महेन्द्रनगर २ की संजु रसाईलीले धरानबाट ब्युटी पार्लर सम्बन्धि सिप हासिल गरेर उनले आफ्नो सिपलाई रोजगारीमा परिणत गरेपछी उनको परिवारमा खुसयाली छाएको छ । सिकेको सिप हासिल गरी महेन्द्रनगर बजारमा उनि बिहानी ब्युट्री पार्लर खोलेकी छिन् ।

पार्ललबाट दिनभरीमा हुने आम्दानीले घर परिवार चलाउन र आफ्नो खर्च जुटाउन सहज भएको उनले प्रतिक्षण दैनिकलाई बताए । यि तिन जना महिला युवती उदाहरण मात्र हुन् । यस्तै खाले सिप हासिल गरी आयआर्जन गर्नेहरुको धेरै छन् ।

सिप सिकेर, त्यसको सदुपयोग गर्न सके आफ्नै मुलुकमा स्वरोजगार बन्न सक्ने र नेपाली युवायुवती रोजगारीकै लागि बिदेश जानु नपर्ने बाध्यता नहुने जिल्ला विकास समिति सुनसरीका स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेले बताए ।

सिलाई र ब्युट्री पार्लर बाहेक पनि स्थानिय क्षेत्रका महिलाहरुले तालिमबाट सिप लिइ आफनो गाउघरमै बसेर मुढा बनाउने, दालमोट डोरमेट, कुसन, झल्ला, लगायतका सामग्री तयार पारी स्थानिय बजारमा विक्रवितरण गरी राम्रो आम्दानी गर्न थालेको छ । यसले स्थानिय स्तरमा स्वरोजगार बनाउनुका साथै समाजको आर्थिक विकासमा ठुलो मद्धत पुगेको छ  ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan