Sunday 17th of December | २०७४ पौष २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भक्तपुर मेलामा सोह्र करोडको कारोबार

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर २९ बुधबार
newsabhiyan
newsabhiyan

भक्तपुर, २९ मङ्सिर । भक्तपुरको सल्लाघारीमा मङ्सिर २४ गतेदेखि सुरु भएको भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेलामा रु १६ करोडभन्दा बढीको कारोबार भएको छ ।

आज सम्पन्न उक्त मेलामा एक लाख ३० हजारभन्दा बढीले अवलोकन गरेको र रु १६ करोडभन्दा बढीको कारोबार भएको मेलाका संयोजक एवम् सङ्घका कोषाध्यक्ष राजु मृगेन्द्र जोशीले जानकारी दिनुभयो ।

मेलामा मौलिक हस्तकलाका उत्पादन, घरेलु तथा लघुउद्यमका उत्पादन, शैक्षिक तथा सूचना प्रविधि, कृषि उत्पादन, विभिन्न ब्रान्डका सवारीसाधन, दैनिक उपभोग्य तथा घरायसी सामग्री, विद्युतीय सामग्री, फर्निचर, बाल मनोरञ्जका सामग्री, आयुर्वेदिक सामग्री र ‘एक जिल्ला एक उत्पादन’का सामान बिक्रीका लागि राखिएको थियो ।

मेला अवधिभर परम्परागत तथा आधुनिक सांस्कृतिक समूहबाट विभिन्न प्रस्तुति दिइएका थिए । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan