• FB
  • FB
  • FB
Sunday 26th of February | २०७३ फाल्गुण १५ आइतबार

नेपाली कथानक चलचित्र वनदेवता मकाउमा प्रदर्शन हुँने

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २ शनिबार
newsabhiyan

नेपालका अनाथ तथा अपाङ्ग बालबालिकाको सहयोगार्थ "नेपाली समाज मकाउले" मकाउमा प्रथम पटक हलेसी म्युजिक प्रालिको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र वनदेवता ०५ जनवरी २०१७ का दिन मकाउ स्थित काम्पेक कम्युनिटी सेन्टरको हलमा बेलुकीको ७:३० बजे प्रदर्शन गरीने भएको छ।उक्त चलचित्रमा रीतु लामा,दीपिका ढकाल,सरोज दोङ् सहित मकाउमा रहेर सामाजिक कार्यमा सेवा गर्दै आएका सामाजिक अभियन्ता नेपाली समाज मकाउका अध्यक्ष एवं मकाउ तामाङ् घेदुङका अध्यक्ष दोर्जे तामाङले अभिनय गरेका छन्।
चलचित्रमा कथा,निर्देशन र संगीत आर.बी लामाको रहेको छ भने चलचित्रका निर्माता सरोज दोङ् र लंक बहादुर तामाङ हुन्।यसरी प्रदर्शनी हुन लागेको नेपाली कथानक चलचित्र वनदेवतामा हामी र हाम्रो समाजमा रहेको संस्कार रीतिरीवीज र परम्परालाई जीवितै राख्नका लागि सरल भाषामा भन्नु पर्दा वनका देउता वनदेवताले मानिसलाई कसरी लगेर शिक्षा दिन्छ र यसले हामीलाई कस्तो किसिमको संस्कार सिकाउछ भन्ने बिषयमा केन्द्रित भएर टिपिकल रूपमा चलचित्रमा उतारेको छ। यस चलचित्रलाई हेर्नका लागि मकाउमा कार्यरत रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई आफ्नो अमुल्य समय दिई अनाथ तथा अपाङ्ग बालबालिकाको सहयोगार्थ उपस्थिति जनाई दिनु हुन हार्दिक अनुरोध गर्दछौ। 
तपशील
=========
मिति:- २०१७/१/०५ तारीक बिहिबार।
समय:- बेलुकी ७:३० बजे।
स्थान:- काम्पेक कम्युनिटी सेन्टरको हल।
आयोजक:- नेपाली समाज मकाउ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan