Sunday 20th of August | २०७४ भदौ ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पर्यटन प्रवद्र्धनका लागि चाँगु–नगरकोट पदयात्रा सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २ शनिबार
newsabhiyan

भक्तपुर, २ पुस । विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीयस्थल चाँगुनारायण र विश्व प्रख्यात पर्यटकीयस्थल नगरकोटको पर्यटन प्रवद्र्धनका लागि पदयात्राको आयोजना गरिएको छ ।

आज नगरकोट नाल्दुम पर्यटन विकास समितिले चाँगुबाट सुरु गरेको पदयात्रामा नेपाललगायत विभिन्न देशका पर्यटकको सहभागिता रह्यो ।

मनोरञ्जनका लागि दौड अर्थात् रन फर फन नाम दिइएको उक्त कार्यक्रममा चाँगुनारायणबाट नगरकोटसम्मको १५ किलोमिटर दौड तथा पदयात्रा गरिएको समितिका अध्यक्ष दीपक लामिछानेले जानकारी दिनुभयो ।

चाँगुनारायणबाट सुरु भएको दौड तथा पदयात्रा पौवा पाटी, तामाङ बस्ती, त्रिशूलडाँडा, तेलकोट, जालपादेवी मन्दिर, चिहान डाँडा, पीपलबोट, लामाटोल, गुम्बा, शान्ति डाँडा (बुद्ध स्तूपा), कालिका मन्दिर, गडगडे, बतासेडाँडा हुँदै नगरकोट मेरिगोल्ड पुगेर सम्पन्न भएको समितिका सचिव धनबहादुर लामाले जानकारी दिनुभयो ।
पर्यटन पदमार्ग प्रवद्र्धन गर्ने उद्देश्यसमेत रहेको सो कार्यक्रमबाट सङ्कलित रकम नगरकोटका पर्यटकीय क्षेत्रको विकासका लागि खर्च गरिने कार्यक्रम संयोजक क्यारोन ध्वजूले जानकारी दिनुभयो ।

दौडमा पुरुषतर्फ सुभास लामा पहिलो, राजकुमार तामाङ दोस्रो, महिलातर्फ रसिला तामाङ पहिलो, फ्रान्स नागरिक यमी क्याम्रुङ दोस्रो र ज्ञानु श्रेष्ठ तेस्रो भएका थिए ।

समापन कार्यक्रममा नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष लामिछानेले भूकम्पपछि पर्यटनको क्षेत्रलाई माथि उठाउन र पदमार्गको विकास गर्न यस प्रकारको कार्यक्रम पटकपटक आयोजना गर्ने बताउनुभयो । रासस

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan