• FB
  • FB
  • FB
Tuesday 28th of February | २०७३ फाल्गुण १७ मंगलबार

गतल समाचार निरुत्साहित गर्ने फेसबुकको घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष ३ आइतबार
newsabhiyan

एजेन्सी, ३  पुस । पछिल्लो समय गलत समाचारलाई बढावा दिएको भन्दै अलोचना खेप्दै आएको लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले त्यस्ता समाचार वा सूचनाहरु निरुत्साहित गर्ने घोषणा गरेको छ ।

यसका लागि एक अर्व प्रयोगकर्ता भएको फेसबुकले केही नयाँ सुविधाहरुसमेत थपेको छ । फेसबुकले हालै गरेको घोषणा अनुसार समाचारहरु सही हुन् की होइनन् भन्ने सम्बन्धमा निक्यौल गर्नका लागि तत्य परिक्षण गर्ने संस्थाहरुसंग सहकार्य गरिने छ ।

फ्याक्ट चेकर भनिने त्यस्था संस्थाहरुले समाचार सत्यताका बारेमा जानकारी गराउने छन् । यस्ता संस्थाहरु फरक फरक देशमा फरक संस्था रहेका छन् ।

फेसबुकका लागि पोइन्टरले काम गर्नेछ । बीबीसीका अनुसार फ्याक्ट चेकर संस्थाहरुले समाचार असत्य भनेको खण्डमा फेसबुकले उक्त समाचारमा 'यो गलत समाचार हो' भन्ने खालको शीर्षक राखिदिने छन् ।

त्यसैगरी फेसबुकले समाचारमा 'विवादित' भन्ने लेवलसमेत राख्न सक्नेछ । फेसबुकले फ्यक्ट चेकिङका क्रममा गलत ठहरिएको समाचारलाई कम प्राथमिकतामा राख्ने र त्यसमा सत्यता नभएको सम्बन्धमा व्याख्या गरिएको लिंक राख्नेसमेत उल्लेख गरेको छ । 

साथै विवादित लेवल लगाइएको समाचारको शेयर गर्दा प्रयोगकर्तालाई उक्त समाचार गलत हुनसक्ने सम्बन्धमा पनि चेतावनी दिइने छ । त्यसैगरी प्रयोगकर्तालाई उक्त समाचार गलत भएको कुरा रिपोर्ट गर्ने वा सिधै ति लेखकलाई भन्ने पनि सुविधा उपलब्ध गरिएको जनाएको छ ।

हालै भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा गलत समाचारको प्रवाहले निर्वाचन परिणामलाई नै प्रभावित बनाएको भनेर फेसबुकको व्यापक अलोचना भइरहेको छ ।

साथै फेसबुकलाई गलत समाचारलाई बढाव दिएको, आम प्रयोगकर्तामा फिंजाउन मद्त पुर्याएको आरोप पनि लगाईएको छ । सुरुमा फेसबुकले ति आरोपहरु अस्वीकार गरेको थियो ।

तर, पछि उसले राष्ट्रपतिका दुवै उम्मेदवारका समर्थकले गलत समाचार दिएको उल्लेख गर्यो र अहिले आएर उसले गलत समाचारलाई निरुत्साहित गर्ने उपायहरु सार्वजनिक गरेको छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan