Saturday 25th of March | २०७३ चैत १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सीपमूलक तालिमपछि मुक्तकमैया स्वरोजगार बन्दै

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष ३ आइतबार
newsabhiyan

कैलाली, ३ पुस । मुक्तकमैया वृद्धि विकास तथा सीपमूलक तालिम कार्यक्रमपछि कैलालीका अधिकांश मुक्तकमैया स्वरोजगार बन्दै गएका छन् ।

आर्थिक वर्ष २०५२/५३ देखि २०७२/०७३ सम्म चार हजार २७२ जनालाई स्वरोजगार सम्बन्धी तालिम दिएकामा दुई हजार ९२२ मुक्तकमैयाले तालिममा सिकेको सीप उपयोग गर्दै स्वरोजगार भएको भूमिसुधार कार्यालयका सुभरभाइजर अमरबहादुर चौधरीले जानकारी दिनुभयो ।

सो कार्यक्रमअन्तर्गत सिलाइकटाइ, कुखुरापालन, बङ्गुरपालन, पेन्टिङ्, वाइरिङ, मोटरसाइकल तथा साइकलमर्मत लगायत ३९ शीर्षकमा तालिम दिइएको थियो ।

चालु आर्थिक वर्षमा पनि ४५ मुक्त कमैयालाई यस्ता तालिम दिन रु १४ लाख विनियोजन भएको भूमिसधार अधिकारी लक्ष्मणबहादुर कठायतले बताउनुभयो । 

उहाँले तालिम लिएकामध्ये ७० प्रतिशतले सीपको उपयोग गरी आर्यआर्जनमा लागेकाले उनीहरुको आर्थिकस्तर सुधार भएको छ भन्नुभयो । रासस 

न्यूज अभियान डट कमको अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् र हरेक खबर विशेष खबरका लागि पल-पलको अपडेट पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan