Monday 25th of September | २०७४ असोज ९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आइतबार राति १२ बजेदेखि लागू हुने डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य बढ्यो

पेट्रलको मूल्य बढेर १०१ रुपैयाँ ५० पैसा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष ३ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ पुस । नेपाल आयल निगमले तेलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

पेट्रेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा मूल्य बढाइएको निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले  जानकारी दिएका छन्  ।

९७ रुपैयाँबाट अब पेट्रलको मूल्य बढेर १०१ रुपैयाँ ५० पैसा भएको छ । डिजेल र मटितेलमा लिटरको ४ रुपैयाँ ५० बढेर रुपैयाँ भएको छ । र, दुबैको मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ ।

ग्यासको मूल्य भने पुरानै कायम राखिएको छ । हाल ग्यास एक सिलिन्डरको १३ सय २५ रुपैयाँ थियो । भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार आयल निगमले तेलको मूल्य बढाएको हो ।

ओपेकले जनवरीदेखि कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेपछि अन्तर्राष्ट्रिय बजारमा त्यसको असर देखिएको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan