• FB
  • FB
  • FB
Wednesday 22nd of February | २०७३ फाल्गुण ११ बुधबार

‘तीन प्रतिशत अधिकारले ट्राफिक हनुमान बन्यो’

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष ४ सोमबार
newsabhiyan

उपत्यकाको पछिल्लो ट्राफिक अवस्था र समसामयिक विषयमा केन्द्रित रहेर महानगरीय ट्राफिक प्रहरी महाशाखाका, प्रमुख एवं डिआइजी प्रकाश अर्यालसँग न्यूज अभियानले गरेको कुराकानीको सम्पादित अंश-

पछिल्लो समय उपत्यकाको ट्राफिक अवस्था कस्तो छ ?
उपत्यकाको ट्राफिक अवस्था पछिल्लो समय सामान्यनै छ । भएका स्रोत साधनलाई व्यापक परिचालन गरेर हामि लागिपरिरहेका छौं ।

ट्राफिक व्यवस्थापनमा देखापर्ने समस्याहरु मुलतः अहिले केके छन् ?
पक्कैपनि, उपत्यकामा सवारीको चाप निकैनै हुने गरेको छ । यसलाई सही रुपमा व्यवस्थापन गर्न केही चुनौतीहरु छन् । जस्तै, ट्राफिक जनशक्तिको अभाव, साधुँरो सडक, जथाभावी सडक मर्मत,फुटपाथ पसल,नागरिकमा सचेतनाको अभाव जस्ता चुनौती देखा पर्ने गरेका छन् ।

यी यावत्, समस्यालाई हल गर्न भैइरहेका प्रयास केके हुन ?
हामिलाई अधिकारले दिएका ठाउँमा हामिले आफ्नो तवरबाट काम गरिरहेका छौं । जस्तै, सडक लेन सम्वन्धि चालकहरुलाई बुझाउने, सर्वसाधारणमा जेब्रा क्रस बारे चेतना दिलाउने लगायतको काम भैइरहेको छ । अरु भनेको हाम्रो अधिकार भित्र नरहने भएकाले केही गर्न सकिएको छैन् । सरोकारवालासँग गुनासो पोख्ने मात्र काम भएको छ ।  

यहाँ त महानगर प्रमुख भएर आएको नि थुप्रै समय भएछ,यो अवधीमा केके गर्नू भो ?
ट्राफिक महाशाखा भनेको वास्तवमा देखाउनका निम्ति राखिएको जस्तै सरकारी मातहतको निकाय बनेको छ ।
हामिलाई जम्मा तीन प्रतिशत मात्रै अधिकार प्रत्यायोजन गरिएको छ । अरु अधिकार हामीमा छैन् । यसले गर्दा मैले आफ्नो दयारमा रहेर केही काम मात्रै गर्न सफल भएको छु ।

ती के–के हुन बुदाँगत रुपमा स्पष्ट पारदिनुस् ?
दुर्घटनालाई कम गर्न केही गरे । जस्तै, मापसेलाई कडाईँ,लेनमा कडाईँ  । त्यस्तै, चाडपर्वको बेला ट्राफिक चेकजाँचमा कडाईँ समेत गरियो । यसैकारण गत बर्षमा भन्दा यसबर्षको पर्वहरुमा उपत्यकामा हुने दुघर्टनामा कमी आएको थियो ।
लेन अनुशासनमा पनि कडाईँ गर्ने प्रयास गरेको छु । जेब्रा क्रसलाई सुरक्षित बनाउन केही अभ्यास समेत गरेको छु ।

यी यावत् कुरा यहाँले गरिरहँदा अझैपनि उपत्यकाको सवारी जाम किन हल नभएको होला ?
थोरै अधिकार ट्राफिकलाई दिएर सडक जाम हुदाँ दोषभरी ट्राफिकमाथी थुपार्नु त्यो गलत हो ।
सबैले सोचेको हुन्छ, सवारी जाम हुदाँ ट्राफिकले कामै नगरेर हो । तर ट्राफिकले काम नगरेर होइन हाम्रा पूर्वाधारहरु अपूर्ण भएर हुन । उपत्यकामा लाखौं सवारी छन् । सडक भने साधुँरो छ, यसैमा नि जथाभावि सडक मर्मतले अझ अस्तव्यत हुन्छ, यसले गर्दा उपत्यकाको ट्राफिक समस्या पुरै हल हुन कठिन छ । सडक बनाउने,पूर्वाधार खडा गर्ने काम हाम्रो होइन् । 

अव समस्या हल गर्न के गर्नुपर्ला ?
जिम्मेवार निकायहरु सजग हुन जरुरी छ । ट्राफिक प्रहरी भनेको, त सबै पूर्वाधार अरुले तयार गरिसकेपछि आफ्नो डिउटि निभाउने इकाइ हो । यसमा मुलतः सडक विभाग, महानगरपालिका बढि जिम्मेवार छन् । उनीहरुले सडक फराकिलो पार्ने,जिव्राक्रस छुटइदिने, सडक बत्तिहरु फेरिदिने जस्ता पूर्वाधार निर्माणको कामलाई ढिलाइ गरिदिनु भएन । अनिमात्र उपत्यकाको सवारी आगागमन सामान्य बन्नेछ ।
अन्त्यमा, अझै पनि, सवारी साधनले उपत्यकामा जथाभावि भाडाँ लिने, क्षमता भन्दा बढि यात्रु राख्ने जस्ता समस्या यथावत् रहेको पाइन्छ, किन नियन्त्रण गर्न ट्राफिकले नसकेको होला ?
मैले अघि पनि भने, यो सबै काम ट्राफिकको होइन । एक त नागरिक नि सचेत हुन जरुरी छ । म कहाँ जादैँ छु, भाडाँ कति हो ? भन्नेबारे नागरिक सचेत भयो भने ठगीनु पदैन् ।
अर्को कुरा क्षमता भन्दा बढि यात्रु राखे, बढि भाडाँ असुले त्यो रोक्ने काम ट्राफिकको होइन्, हामिलाई त्यो अधिकार छैन् ।                                          

धन्यवाद ।                                     प्रस्तुती– विजय ‘नेपाल’
 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan