Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ग्रामीण क्षेत्रका विषयले प्राथमिकता पाउनुपर्छ – सञ्चारमन्त्री

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष ५ मंगलबार
newsabhiyan

काठमाडौँ, ५ पुस । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले ग्रामीण क्षेत्रका बहुसङ्ख्यक जनतासँग सरोकार राख्ने विषयले सञ्चारमाध्यममा प्राथमिकता पाउनुपर्ने बताउनुभएको छ ।

लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजको आज ज्ञापनपत्र बुझ्दै सञ्चारमन्त्री कार्कीले सञ्चारमाध्यमले समाजमा उत्प्रेरणा दिने खालका समाचारलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पत्रकारलाई खबर केन्द्र वा सिंहदरबारमा मात्र छ भन्ने परेको छ । म त्यस्ता कुरालाई त्यति प्रोत्साहित गर्ने पक्षमा छ्रैन ।”

मन्त्री कार्कीले साना र मोफसलका पत्रपत्रिकामा पनि त्यही प्रवृत्ति हावी भएको बताउँदै विषयगत रुपमा समाचार सम्पे्रषण गरी आफ्नो छुट्टै पहिचान बनाउन सुझाव दिनुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष दामोदर दवाडी, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट लगायतले मुलुकको पत्रकारिता र राजनीतिक इतिहासमा ठूलो योगदान पु¥याएका साना लगानीका साप्ताहिक पत्रिका अहिले आर्थिक सङ्कटमा परेको तर्फ ध्यान आकृष्ट गर्दै सरकारका तर्फबाट सहयोग र प्रोत्साहनको अपेक्षा गर्नुभयो ।

समाजले सरकारी विज्ञापन समानुपातिक रुपमा वितरण हुनुपर्ने, लोककल्याणकारी विज्ञापनको रकम वृद्धि हुनुपर्ने, साना मिडियामा श्रमजीवी पत्रकार ऐन लागू गर्न छुट्टै व्यवस्था गरिनुपर्ने, भूकम्प प्रभावित क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सरकारका तर्फबाट सुविधा दिइनुपर्नेलगायतका माग अघि सारेको छ । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan