Monday 29th of May | २०७४ जेठ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्मृति निर्माण सेवाले रु ३५ लाख जरिवाना बुझायो

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष ७ बिहिबार
newsabhiyan

कावासोती, ७ पुस । नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा अवैध रुपमा खोलाजन्य सामग्रीको उत्खनन र निकासी गर्दैआएको स्मृति निर्माण सेवाले रु ३५ लाख जरिवाना बुझाएको छ ।

जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पन्थीका अनुसार स्मृति निर्माण सेवालाई रु ६५ लाख जरिवाना बुझाउन भनिएकामा उक्त रकम मात्र दाखिला गरेको हो । मङ्सिर २५ गते खोलाबाट २७ टिप्पर र तीन जेसिवीलाई नियन्त्रणमा लिइएको थियो । आधा रकम दाखिला पछि १७ टिप्पर छुटेका छन् ।

खोलाबाट अवैध रुपमा नदीजन्य सामग्री निकासी भइआएको गुनासो बढेपछि स्थानीय विकास अधिकारी जीवलाल भुसालसहितको टोलीले निरीक्षण गरी ढुवानीका साधन नियन्त्रणमा लिएको थियो ।

स्मृति निर्माण सेवाले तीन वर्ष अगाडि केरुङ्गे खोला ठेक्कामा लिएको र त्यस बेलाको स्टक सामग्री भएको भन्दै खोलाको दोहन गरेको गुनासो बढेपछि स्थानीय विकास अधिकारी भुसालले कारबाहीका लागि पहल लिनुभएको हो । कारबाहीको प्रक्रिया अगाडि बढेपछि स्मृति निर्माण सेवाका सञ्चालकहरु नेताहरुकोमा गुहार्न पुगेको बताइन्छ । रासस
 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan