Wednesday 29th of March | २०७३ चैत १६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नियमविपरीत सञ्चालित पसल सिलबन्दी

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष ७ बिहिबार
newsabhiyan

काठमाडौँ, ७ पुस । ंव्यवसाय दर्ता नगरेको, मूल्य सूची नराखेको, म्याद नाघेको सामग्री बिक्री वितरण गरेको र सरसफाइमा पटक्कै ध्यान नदिएको पाइएपछि काठमाडौँका दुई जुस पसलमा आज सिलबन्दी गरिएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियमित रुपमा गरेको अनुगमनका क्रममा भृकुटीमण्डपमा रहेका राम जुस सेन्टर र जयसवाल जुस सेन्टरमा सिलबन्दी गरिएको हो । अनुगमन अधिकृत दीपकराज पोखरेलसहितको टोलीले गरेको अनुगमनमा क्रममा कमजोरी ठहर भएपछि सिलबन्दी गरिएको विभागले जनाएको छ । दुवै पसललाई आवश्यक कागजपत्र लिई तीन दिनभित्र विभागमा आउन निर्देशन दिइएको छ ।

यसैगरी आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले केही दिनअघि काठमाडौँ उपत्यका बाहिर विभिन्न जिल्लामा गत मङ्सिर २४ गतेदेखि ३० गतेसम्म विभागका निर्देशक पौड्यालको संयोजकत्वमा गरिएको अनुगमनमा तीन औषधि पसलमा सिलबन्दी गरिएको छ ।

अनुगमनका क्रममा हुलाकचोक, म्याग्दीमा रहेका निलगिरि डेन्टल केयर, आरके प्याथोलोजी र युगल डेन्टल केयरले व्यवसाय दर्ता नवीकरण नगरेको पाइएको थियो । मूल्यसूची नराखिएको लगायत कारणले भने पोलनथ्या टे«ड कन्सर्न न्युरोड म्याग्दीका सामग्री जफत गरिएको छ ।


त्यसैगरी मूल्यसूची नराखिएको, लेबल नभएको तथा खाद्य र अखाद्य सामग्री एकै स्थानमा राखेको जनाई बाग्लुङ –२ मा रहेका कालिका सपिङ सेन्टर, सक्लेखा स्टोर्स र अनुष्ण टे«डर्स श्रीनगर तथा कुश्मा नगरपालिका–८ पर्वतमा रहेका कर्माचार्य टे«ड कन्सर्न र गवेजा स्टोरबाट केही सामग्री जफत गरी जिल्ला प्रशासन कार्यलयमा बुझाइएको छ । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan