• FB
  • FB
  • FB
Sunday 22nd of January | २०७३ माघ ९ आइतबार

कलैया नगरपालिकाको बजेट रु २५ करोड

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष ८ शुक्रबार

कलैया (बारा), ८ पुस । कोल्हभी नगरपालिकाको आगामी आर्थिक वर्ष ०७४÷०७५ का लागि करिब रु ११ करोड बजेट प्रस्तुत गरिएको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत महम्द शेष मनकाले आज आयोजित कार्यक्रममा सो बराबरको बजेट सार्वजनिक गर्नुभयो ।

परिषद्को सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले उद्घाटन गर्दै स्थानीय स्रोत साधनको अधिकतम प्रयोग हुनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी आजै राज्यमन्त्री जगेबुले कलैया नगरपालिकाको नगरपरिषद्को उद्घाटन गर्दै नगरको विकासमा नगरवासीको सहयोग हुन जरुरी रहेको बताउनुभयो ।

सो अवसरमा नगरपालिकाका कार्यकारी अधिकृत नाथु साहले आर्थिक वर्ष ०७४÷७५ का लागि रु २५ करोड २३ लाख ९५ हजारको बजेट प्रस्तुत गर्नुभयो । रासस 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan