Thursday 27th of July | २०७४ श्रावण १२ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अर्गानिक कृषि प्रणालीमा जोड दिँदै धर्मराज

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १० आइतबार
newsabhiyan

खोटाङ, १० पुस । टनेलभरि लटरम्म गोलभेँडा, वरिपरि विभिन्न प्रजातिका फलफूल तथा तरकारी र आगन्तुकको ध्यानै केन्द्रित गर्नेगरी जडिएका प्रविधिको ‘झिसेपु अर्गानिक कृषि फार्म’ हो खोटाङको दिक्तेल नगरपालिका–१ का धर्मराज राईको ।

उहाँले कृषि उपजलाई विषादीमुक्त बनाउन चार वर्षअघिदेखि अर्गानिक प्रविधि अपनाउनुभएको हो ।

राईले सञ्चालन गर्नुभएको फार्ममा गोलभेँडा, किबी, स्ट्रबेरी, अलैँची, अदुवा, बेसारलगायत विभिन्न प्रजातिका फलफूल तथा सागसब्जी छन् ।
रासायनिक मलको विकल्पमा फलफूल तथा तरकारी खेतीमा राईले पशु तथा मान्छेको पिसाब जम्मा गरेर प्रयोग गर्दै आउनुभएको थाहा पाउने जिल्लाका उपभोक्ताले फार्ममै गएर तरकारी तथा फदलफूल खरिद गर्ने गरेका छन् । फार्मबाट पछिल्लो समय वार्षिक रु १८ लाखभन्दा बढी आम्दानी हुने गरेको फार्मका प्रबन्ध निर्देशकसमेत रहनुभएका राईले बताउनुभयो । “पछिल्लो समय अर्गानिक कृषि उपज हाटबजारमा पाइन्न ।” उहाँले भन्नुभयो – “स्वास्थ्यसम्बन्धी ज्ञान भएका उपभोक्ताले मेरो फार्ममै आएर आवश्यक वस्तु खरिद गर्ने गरेका छन् ।” फार्ममा उत्पादित अर्गानिक कृषि उपज अरुले दिने मूल्यमा नै आफूले पनि बिक्री गर्ने गरेको राईले बताउनुभयो ।

फार्मबाट आएको आम्दानीले घर खर्च धान्नुका साथै बैंकमा बचतसमेत गरेको उहाँकोे भनाइ छ । कृषक राईले जिल्लाका अन्य कृषकलाई समेत अग्र्यानिक खेतीबारे तालिम दिँदै आउनुभएको छ । फार्म सञ्चालनका लागि राईलाई श्रीमती र छोराछोरीले साथ दिएका छन् ।
पछिल्लो समय जिल्लाका अधिकांश कृषकले थोरै समयमा धेरै आम्दानी गर्ने उद्देश्यका साथ रासायनिक मल प्रयोग गरेर फलफूल तथा तरकारी उत्पादन गर्ने गरेकामा कृषक राईको फार्मले पाठ सिकाएको स्वास्थ्यकर्मीले बताएका छन् । रासस
 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan