Monday 24th of April | २०७४ बैशाख ११ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७३ साल पौष १२ गते मङ्गलवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १२ मंगलबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । पुस महिनाको १२ गते मङ्गलवार ।
अँग्रजी मितिः ई.सं. २०१६ डिसेम्बर महिनाको २७ तारिख ।
योगः  शूल योग, १०ः५५ बजेपछि गंड योग ।
तथीः हेमन्त ऋतु पौष कृष्णपक्षको त्रयोदशी तिथी, ०८ः३८ बजेपछि चतुर्दशी ।
नक्षत्रः अनुराधा, ०७ः१३ बजेपछि ज्येष्ठा नक्षत्र ।
करणः वणिज ०८ः३८ बजेसम्म उपरान्त भद्रा करण ।
चन्द्रमाः  बृश्चिक राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५५ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः१५ बजे ।
राहुकालः १४ ः३९  बजेपछि १५ः५८ बजेसम्म ।
भद्राः०८ः३८ बजे पछि २१ः४० बजेसम्म ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन केही संघर्ष गर्न पर्ने खालको देखिएको छ । स्वास्थ्यमा समस्या आउनसक्ने ग्रहगोचर रहेकोले आहारविहारमा ख्याल पुर्याउनु पर्ला । शत्रुपक्ष सक्रिय हुनसक्ने र कार्यक्षेत्रमा पनि केही अबरोधको सामना गर्नुपर्ने हुनसक्छ जसको लागि सकारात्मक सोँचको विकास गर्नु तथा धैर्य र संयमको अभ्यास गर्नाले अन्तिममा केही सहज हुने देखिन्छ । आज फजुलको सरोकार नराखी स्वकार्यमा लगनशील रहिरहनाले नियमित तथा स्वाभाविक लाभ भने गर्न सकिनेछ । बाधाबिघ्न निवारणको लागि दीनदुःखी तथा रोगीको सेवा गर्नु उपयुक्त हुनेछ । 
 

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन भौतिक उपलब्धि तथा सांसारिक सुखकर रहनेछ । स्वास्थ्यमा आरोग्यता एवम् कान्ति बढ्ने छ भने शत्रुपक्ष कमजोर बन्ने छन् साथै विजय भइनेछ । जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्ध प्रगाढ बन्नेछ । आन्तरिक तथा वैदेशिक यात्राको पनि योग देखिएको छ । व्यापार व्यवसायीले राम्रो लाभ गर्नसक्नु हुनेछ । जागिर तथा नोकरीमा पनि सन्तुष्टि मिल्नेछ । सात अंक र सेतो रङ्गको प्रयोग एवं विपरित लिङ्गीसँगको सहकार्य वा समन्वय फापसिद्ध हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन समय तथा अवसरको सदुपयोग गर्नसकेको खण्डमा अनुकूल एवम् सफल रहनेछ । प्रतिस्पर्धामा सफल भइने छ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा आरोग्यता प्राप्त हुने तथा कान्तिमा बृद्धि हुनेछ । खेलकुद आदि शारीरिक प्रतिस्पर्धात्मक कार्यमा  सफलता मिल्नेछ । विरोधीपक्षसँग आफ्नोपक्षमा सम्झौता गर्न सकिने छ । आज यहाँलाई हरियो रंग, छ अंकको प्रयोग अनुकूल रहने छ भने विपक्षिको सम्मान गर्न जानेको खण्डमा रणनीतिक रुपमा फाइदा लिन सकिने छ ।


कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्य सुधार भएको देखिन्छ तर पनि मान्छेहरुको नजरमा तपाईँमा आत्मप्रशंसाको चाहना बढेको मुल्याङ्कन हुनसक्ने छ । आफ्नो प्रभाव जमाउन अल्लि कठिन पर्नसक्ने छ । समयको सदुपयोग गर्न खोज्नेहरुको लागि भने शिक्षा लिने वा कुनै विषयको बारेमा सिक्ने कार्यमा प्रगति गर्नसकिने छ । आज अर्काको चियोचर्चोमा मन जानाले आफ्नो कार्य अधुरो रहनसक्ने कुराप्रति होसियारी रहनु पर्नेछ । गोपनीयता बचाउन पनि यत्न गर्नु होला । पाँच अंक, रातो रङ्गको उपयोगिता आज तपाईँको लागि शुभदायक हुनेछ भने गरीब विद्यार्थीलाई सहयोग गर्नु पुण्यप्रद हुनेछ । 


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन कार्यक्षेत्रमा केही अड्चनको सामना गर्नपर्ने ग्रहगोचर परेको छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु बढ्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । तथापि आकस्मिक रुपमा नसोँचेको काम बन्ने तथा कहीँबाट उपलब्धिमूलक काम बन्ने छ । त्यसको बाबजुत आफ्नै विचारमा संकिर्णता बढ्ने एवं मानसिक द्वन्दको शिकार भइने छ । बैठक आदिमा नया“ विषयमा चर्चा गर्दा संयम हुनु बुद्धिमानी हुनेछ । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशिल रहनाले केही व्यवसायिक लाभ गर्नसकिने छ र सफलता पनि मिलनसक्ने छ । भगवान श्री गणेशको श्रद्धाभक्ति गर्नु आज यहाँको लागि फापकर हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिनलाई सामान्यतया मिश्रित रुपम लिनसकिन्छ । पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादनको हुनपर्ने खालको दिन छ । तरपनि आफ्नै घमण्डको कारणले हुनपर्ने जति कार्य सम्पादन हुन अल्लि गाह्रो पर्नसक्ने छ । रपनि कामकार्यमा विशेष रुचि बढ्ने छ । महत्त्वपूर्ण कार्ययोजनाको बारेमा चिन्तनमनन् एवं आँटसाहस हुनसक्ने छ । व्यवसायिक क्षेत्रबाट लाभ गर्नसकिने छ भने जिम्मेवारी बहनमा सफल भइनेछ । आज तपाईँले तीन अङ्क, हरियो रङ्गको प्रयोगको साथमा गुरु गाणपितको सेवा आराधना गर्नु शुभदायक हुनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन सामान्य अनुकूल देखिएको छ । वाणीमा दोषलाग्न सक्छ, बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । व्यवसायिक कार्यमा भने प्रगति नै हुने देखिएको छ तथापि सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । परोपकार तथा कसैको काममा जुट्न पर्ने र आफ्नो कार्य थाति रहनसक्ने कुरालाई पनि नकार्न सकिन्न । आज यहाँको लागि दुई अंक, सेतो रंगको प्रयोग शुभ रहने छ भने सिद्धिविनायक श्रीगणेशको सेवाआराधना गर्नुले अनिष्टदोषलाई हटाउन मद्दत हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन ग्रहगोचरले सुधारात्मक भूमिका खेलेको छ । ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । मनोनुकूल वातावरण सृजना हुनाले मनोरञ्जन एवम् खुशीयाली बढ्ने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र सौगात तथा उपाहार मिल्नसक्ने सम्भावना छ । नयाँकाममा लगानी वा शेयर आदि कारोबारको अवसर मिल्नसक्ने छ । पेशागत लाभ एवम् सफलता प्राप्त हुनेछ । आज यहाँलाई एक अङ्क, रातो रङ्गको प्रयोग र भगवान गणेश एवं हनुमानदेवको दर्शन भक्तिले अरु थप हित गर्ने छ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन केही संघर्षको सामना गर्नपर्ने देखिएको छ । कार्यमा बढी कोसिसले मात्रै थोरै सफलताले चित्त बुझाउन पर्नेछ । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ भने बुद्धिमततापूर्वक फजुलका विषयबाट तर्किनु उपयुक्त हुनेछ । सोँचविचार नपुर्याई गरिएको कार्यले खतिक्षति र पश्चाताप हुनसक्ने सम्भावना देखिएको छ । गोचरले अनावश्यक यात्रा हुनसक्ने पनि सम्भावना देखाइरहेको छ । मानसिक बहिर्गमनलाई संयम गरी स्वकार्यमा लगनशील रहनाले केही लाभ गर्नसकिने छ । यहाँको लागि आज तीन अंक, पहेंलो रङ्गको प्रयोग शुभप्रद हुनेछ ।


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन उच्चमनोबल बढ्ने र महत्त्वपूर्ण काम सम्पादन गर्नसकिने दिन रहेको छ । आर्थिकपक्ष सबल हुनेछ । स्वजनबाट सहयोग मिल्ने छ भने विद्यार्थीहरुको लागि विद्यामा रुचि र सफलता मिल्ने छ ।  सन्तानको बाटोबाट पनि सन्तोष लिनसकिने छ । पेशा तथा व्यवसाय आदिबाट यथा औकात धनार्जन गर्नसकिने र आर्थिक भार कम हुने हुनाले चित्तवृतिमा शान्ति मिल्ने छ । स्वकार्यबाट सन्तुष्टि मिल्ने छ भने यात्रा सफल हुने देखिन्छ । सामाजिक क्षेत्रमा प्रतिष्ठा तथा यशकृति बढ्न गई आत्मबल पनि बृद्धि हुने ग्रहगोचर परेको छ ।


कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन यहाँको आफ्नो ओहोदा अनुसारको मानसम्मान एवम् पदप्रतिष्ठा प्राप्ति हुने दिन रहेको छ । व्यापार व्यवसायबाट राम्रै आर्थिक उपलब्धि गर्नसकिने छ भने राजनीति एवम् समाजसेवाको क्षेत्रबाट पनि सन्तोष पाउन सकिने छ । नोकरी तथा राजसेवामा पनि थप जिम्मेवारी निभाउने अवसर मिल्नसक्ने छ । उच्चवर्ग तथा मान्यव्यक्तित्त्वसँगको भेटघाटले महत्त्वाकांक्षी भावनाको बृद्धि गर्नेछ ।  भावी कार्ययोजनाको बारेमा पनि विचारविमर्श हुनसक्नेछ । यहाँलाई आज एक अंक, रातो रङ्गको उपयोगिता अनुकूल रहने छ भने विद्वानजनको आर्शिवाद थप हितकर हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन ईष्र्यालु तथा कमजोरी खोज्नेहरू सक्रिय देखिने सम्भावना भएकाले सावधानी अप्नाउन पर्नसक्ने छ । त्यस्तै मिथ्या आरोप आइलाग्नसक्ने सम्भावना भएकोले होसियारी जरुरी हुनेछ । शुरुशुरुमा भयत्रासको वातावरण सृजना भएपनि सकारात्मक सोँच तथा व्यवहारले परिणाम भने सुखद ल्याउन सकिनेछ प्रयत्न गर्नुहोला । औपचारिक कार्यक्रम आदिमा सहभागी हुनुपर्ने सम्भावना पनि देखिएको छ । आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म बढ्ने तथा धर्मप्रभावले धनलाभ पनि हुने देखिन्छ ।  आज यहाँलाई नौ अंक, पहेलो तथा सेतो रङ्गको प्रयोग र भगवान गुरु गणपतिदेवको स्तुति विशेष फलकारक हुनेछ । 

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan