Thursday 27th of April | २०७४ बैशाख १४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मर्कन्टायल प्लाजामा मोबाइल मेला

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष ११ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ११ पुस । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा क्रिशमस र नयाँ बर्षको अबसर पार्दै मोबाइल मेला सुरु भएको प्रेस विज्ञप्तिमा जनाएको छ । नयाँ बर्षको अबसर पार्दै सिटिभी मोबाइल, द वल्र्डभिजन मोबाइल, लिंक इलेक्ट्रोनिक्स मोबाइल, सिटिभी केयर र एप्पल वल्र्ड मोबाइलले संयुक्त रुपमा मोबाइल मेला आयोजना गरेका हुन् ।

मोबाइल मेलामा मेला अबधीभर सबै ब्राण्डका मोबाइल सस्तोमा बिक्री बितरण तथा १ घण्टामा मोबाइल मर्मत गरिने मोबाइल मेलाका संयोजक तथा एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । मेलामा एप्पल वल्र्ड मोबाइल र सिटिभी केयरले संयुक्त रुपमा १ घण्टे मोबाइल केयर सेवा पनि संचालनमा ल्याएका छन् ।

यसैगरि मेला अबधीभरमा जस्तोसुकै मोबाइल पनि एक्सचेन्ज गरि अर्को मोबाइल लिन सकिने ब्यबस्था गरिएको विज्ञप्तिमा भनिएको छ । १ हजार २ सय देखि १ लाख ३० हजार सम्मका नेपालमा उपलब्ध ब्राण्डका मोबाइल सेट पाइने यो मेलामा एशोसरिजमा ५० प्रतिशत सम्म छुट दिइने संयोजक ग्लाइडरले जानकारी दिए ।

क्रिशमसको दिनबाट सुरु भएको यो मेला १५ दिनसम्म रहने र अन्य बजारमा भन्दा सस्तोमा मोबाइल पाइने दाबी वल्र्डभिजन मोबाइल प्रालिका प्रबन्ध निर्देशक संगम राइले गरे । यो मोबाइल मेलालाई एक दर्जन बढी मोबाइल कम्पनीहरुले साथ दिएका प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।
 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan