Wednesday 29th of March | २०७३ चैत १६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यी हुन् तालतालका बलिउड बुढोकन्य सेलिब्रेटिहरु ! कोही विहे नगरी बाउ बन्ने, कोही रोमान्स मात्रै गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १२ मंगलबार
newsabhiyan
newsabhiyan

मुम्बई । बलिउड अभिनेता सलमान खान आज आफ्नो ५२ औँ जन्मदिन मनाउँदैछन् । २७ डिसेम्बर १९६५ मा जन्मेका सलमान अहिलेसम्म पनि अविवाहित नै छन् । सलमान जहाँ जान्छन् उनलाई विवाह कहिले हुन्छ भन्ने प्रश्न ठडिईहाल्छ । तर सलमान कहिले के कहिले के भनेर टारिदिन्छन् ।

जीवनको ५१ औँ बसन्तमा सलमानको नाम धेरै युवतीहरुसँग जोडीयो तर विवाह भने कोहीसंग पनि हुन सकेको छैन । उनी संगीता बिजलानी, ऐश्वर्या राय, कटरिना कैफ, सोमी अलिसँग निकै निकट रहे ।

सलमान खानलाई बलिउडमा सबैभन्दा धेरै पटक प्रेममा पर्ने अभिनेताको रुपमा पनि चिनिन्छ । केहीले सलमानलाई प्रेमको मामलामा ब्याड ब्योय भनेर पनि भन्छन् ।

सलमान जस्तै उमेरले चार पाँच दशक काट्दा पनि अविवाहित नै हुने अन्य सेलिब्रेटीहरु पनि छन् । जसका बारेमा आज हामी चर्चा गर्दैछौँ ।

Image result for mukesh khanna
मुकेश खन्ना
अभिनेता मुकेश खन्ना ५८ बर्ष भईसके तर विवाह गरेका छैनन् । मुकेशले दर्जनौँ सिनेमा र टेलिभिजन शोहरुमा काम गरेका छन् ।

Image result for manish malhotra pic
मनिष मल्होत्रा
फेशन डिजाईनर मनिष मल्होत्रा पनि आजसम्म अविवाहित नै छन् । ५१ बर्षका मनिषले प्राय बलिउड सेलिब्रेटीहरुको डे«स डिजाईन गर्छन् । ५ डिसेम्बर १९६६ मा जन्मेका मनिष एक सफल र ट्यालेन्ट फेसन डिजाईनरका रुपमा विश्वभर चिनिएका छन् ।

Image result for rahul bose
राहुल बोस
अभिनेता, निर्देशक तथा स्क्रीन राईटर राहुल बोसले पनि पचास दशकमा प्रवेश गर्न आँटे तर विवाहको सुरु कसेका छैनन् । उनी ४९ बर्षका भईसकेका छन् ।

राहुल खन्ना
४४ बर्षिय अभिनेता राहुल खन्नाले पनि अहिले खोज्या जस्तो सुकुमारी कन्या भेटेकै छैनन् । उनले बलिउडमा लभ आजकाल, एलोन, वेक अप सिद लगातयत केही टेलिभिजन शोहरुमा पनि काम गरेका छन् ।

अरमान कोहली
अभिनेता अरमान कोहली पनि अविवाहित अभिनेताको सूचिमा पर्छन् । जीवनका ४४ बसन्त पार गर्दा पनि उनलाई वेहुला बन्ने सुनौलो अवसर भने जुरेकै छैन । कुनै समय अरमानको अभिनेत्री तनिषासँग नाम जोडीएको थियो । तर यो जोडीको प्रेम नमौलाई ओइल्याएर गयो ।

करण जोहर
निर्माता तथा निर्देशक करण जोहर पनि अविवाहित पुरुष सेलिब्रेटीको सूचिमा छन् । दर्जनौँ सफल फिल्महरु बनाएका करणको विवाह नगरी पिता बन्ने हल्ला एकताका निकै थियो । तर उनको त्यो रहर पुग्न त परको कुरा कुनै सुकन्यासंग मायापिरिम पनि परेको हल्ला चलेको छैन । २५ मार्च १९७२ मा जन्मेका करण ४४ वर्षका भएका छन् ।

Related image
अक्षय खन्ना
अभिनेता अक्षय खन्ना पनि बुढोकन्या सेलिब्रेटिको सूचीमा पर्छन् । उनको उमेर ४१ वर्ष भयो । तर विवाह गर्ने रहर भने उनले गरेको पाइदैन । २८ मार्च १९७५ मा जन्मेका अक्षयले बलिउडका दर्जनौँ सिनेमामा काम गरेका छन् । करिअरमा औसत रहेका अक्षय वैवाहिक जीवनमा भने अभागी जस्तै देखिन्छन् ।

डिनो मोरिया
मोडल तथा अभिनेता डिनो मोरीयाको नामम धेरै युवतीहरुसँग जोडियो । जसमा सबैभन्दा धेरै चर्चा अभिनेत्री बिपासा बासुको रह्यो । ९ डिसेम्बर १९७५ मा जन्मेका डिनोले विवाह नगरीकनै धेरै युवतीहरुसँग रोमान्स गरेका छन् । तर विवाह पछिको रोमान्सको अनुभव भने संगालेका छैनन् । डिनो ४१ बर्षका भए ।

Image result for tusshar kapoor
तुषार कपूर
अभिनेता तुष्षार कपूर पनि विवाह नगरी बसेका छन् । तुषारले विवाह गरेर श्रीमतीलाई समय दिन नसक्ने भन्दै केही समय अघि सेरोगेरीबाट एक छोरा भने जन्माईसकेका छन् । तुषारले पनि ४० बर्ष पार गरिसकेका छन् । उनको जन्म १९७६ नोभेम्बर २० मा भएको हो ।

abhay

अभय देओल
अभिनेता तथा निर्माता अभय देओलले पनि चार दशक काट्दा सम्म लगन गाठोँ कस्ने सौभाग्य पाएका छैनन् । अभय केही समय प्रीती देसाईसँग लिभ ईन रिलेसनसिपमा पनि थिए । तर उनको सम्बन्धले विवाहको रुप भने लिएन । हाल अभय एक्लै छन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan