Monday 24th of April | २०७४ बैशाख ११ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७३ साल पौष १४ गते बिहीवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १४ बिहिबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । पुस महिनाको १४ गते बिहीवार ।
अँग्रजी मितिः ई.सं. २०१६ डिसेम्बर महिनाको २९ तारिख ।
योगः  वृद्धि योग, ११ः२५ बजेपछि ध्रुव योग ।
तथीः हेमन्त ऋतु पौष कृष्णपक्षको औंशी तिथी, १२ः१९ बजेपछि पौष शुक्लपक्षको प्रतिपदा ।
नक्षत्रः मूल, ११ ः५० बजेपछि पूर्वाषाढा नक्षत्र ।
करणः नाग १२ः१९ बजेसम्म उपरान्त किंस्तुघ्न करण ।
चन्द्रमाः  धनु राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५५ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः१६ बजे ।
राहुकालः १३ ः२३  बजेपछि १४ः४१ बजेसम्म ।
यात्राः अत्यावश्यकमा मात्रै पूर्वदिशाको लागि । 

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन मनमा अध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुने दिन रहेको छ । समाजसेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने जागिरबाट पनि सन्तोष भइनेछ । आज यहाँहरुलाई नौ अंक पहेलो रंग र धार्मिक आश्रम आदिलाई सहयोग शुभ हुनेछ ।
 

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन त्यति सहज देखिएको छैन । स्वास्थ्यमा गडबढी हुनसक्ने र गरिरहेको कामकार्यमा पनि झमेला आइलाग्नसक्ने सम्भावना छ । समयको प्रतिकूलतालाई नबुझि कुनै पनि कार्यमा हतार गर्दा उल्टो परिणाम आउनसक्ने र हानी नोक्सानी व्यहोर्नुपर्ने हुनसक्ने छ, ख्याल पुर्याउनु होला । दैनिक कार्यमा बढी परिश्रमको बाबजुत कम उपलब्धिले चित्तबुझाउनु पर्ला, संयम र धैर्य गरी प्रतिकूल समयलाई टर्न दिनु बुद्धिमानी हुनेछ । बलजबर्जस्तिले पश्चाताप पार्नसक्ने छ । कसैकसैलाई चोटपटकको पनि भए दखिएको छ होसियारी अप्नाउनु होला । आज आठ अंक, रातो रङ्ग शुभ हुनेछ भने रोगीको सेवाले पूण्य दिनेछ । 

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन सकारात्मक रहेको हुनाले व्यापार व्यवसायीले राम्रो लाभ गर्नसक्नु हुनेछ । दाम्पत्य एवम् भौतिक सुखमा बृद्धि हुनजानाले जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने वा प्रेमप्रस्ताव आउनसक्ने सम्भावना छ भने भौतिक उपयोगका साधनस्रोत पनि जुट्ने छन् । आन्तरिक तथा वैदेशिक यात्राको पनि सम्भावना देखिएले भ्रमण आदिको अवसर मिल्नसक्ने छ । कार्यक्षेत्रमा सौहार्दपूर्ण वातावरण सृजना हुनाले कामकार्यमा मन जाने र मानसिक सन्तोष मिल्नेछ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्ग र विपरित लिङ्गीसँगको समझदारीपूर्ण कार्य फापसिद्ध हुनेछ


कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल एवम् सकारात्मक रहेकोले कार्यक्षेत्रमा सफलता मिल्नेछ । अवसर तथा समयको सदुपयोग गर्नाले प्रतिस्पर्धामा विजयी भइनेछ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिनेछ । जागिर आदि पेशाको क्षेत्रमा पनि अनुकूल एवम् सहज वातावरण बन्ने र स्याबासी मिल्नेछ । स्वास्थ्यमा आरोग्यता बढ्न गई कान्तिमा बृद्धि हुनेछ भने शारीरिक स्फुर्ति बढ्नाले कामकार्यमा पनि मनग्य रुचि लाग्नेछ । विरोधीसँग प्रतिवादमा आज यहाँको प्रस्तुति खरो हुनसक्ने छ । उद्यम व्यवसायबाट आर्थिक लाभ हुनगई सन्तुष्टि मिल्नेछ । आज यहाँलाई कुट्नीतिक कार्यमा विशेष सफलता मिल्ने दिन छ ।


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन मध्यम रहेको छ । आत्मरतीको चाहना तथा बोलेर बाढो हुनखोज्ने मनोविज्ञान बढ्नाले अर्काबाट हुने मुल्याङ्कनमा तपाईँको कमजोरी फेला पर्नसक्ने छ । अर्काको निदिखोजीमा समय व्यतित हुने र आफ्नो महत्त्वपूर्ण कार्य अधुरो रहनसक्ने कुरालाई पनि ग्रहले देखाइरहेको छ । समयको सदुपयोग गर्न खोजेमा अध्ययनको पक्षमा भने फाइदा लिन सकिनेछ । ध्यानपूर्वक स्वकर्मक्षेत्रमा समय दिनाले दैनिकी कार्यबाट सामान्य लाभ गर्नसकिने छ । पाँच अंक, रातो रङ्गको प्रयोग यहाँको लागि शुभ हुनेछ भने विद्यार्थीले माँ सरस्वतीको भक्ति बढाउनु उपयुक्त हनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन कार्यमा अबरोध आउने र मानसिक अशान्ति बढ्नसक्ने गोचरप्रभाव छ । विचारमा पनि संकिर्णता आउनाले संसर्गिसँग कटुता बढ्नसक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । विरोधी तत्त्वले पनि यही मौकामा प्रहार गर्नसक्ने भएकोले चनाखो हुन जरुरी देखिन्छ । पारिवारिक एवम् कार्यक्षेत्र आदिमा बाधाब्याबधान आउँदैमा हतास मानसिकता गरिहाल्न भने पर्दैन, बरु उपयुक्त उपाय अवलम्बन गर्नु उचित हुनेछ । नचिताएको पक्षबाट आर्थिकको साथै अन्य उपलब्धि हुनसक्ने छ । आज यहाँलाई चार अङ्क, सेतो तथा रातो रङ्गको प्रयोग र बाधाबिघ्न निवारणको लागि माँ बगलामुखीको श्रद्धाभक्ति एवं आराधना गर्नु शुभ हुनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन शक्तिको भरपुर प्रयोग गर्ने दिन छ । शारीरिक एवम् मानसिक जाँगर बढेर आउने र रोकिएर रहेको काम पूरा गर्न मन लाग्ने छ । इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट सहयोग जुट्ने र प्रशंसा पनि मिल्नेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्य अघि बढ्नेछ । व्यवसायिक कार्य तथा पेशागत क्षेत्रबाट यथोचित आर्थिक आर्जन गर्न सकिने छ । आज यहाँलाई तीन अंक, हरियो रङ्ग शुभ हुनेछ भने दाजुभाई मिलेर काम गर्नु फापसिद्ध हुनेछ । माँ वगलामुखीको दर्शनभक्ति गर्नाले थप सफलता मिल्नेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन धनोन्माद् बढ्नसक्ने र त्यसले दुख पाइनसक्ने सम्भावनालाई गोचरले लक्षित गरेको छ । पहिला हौंस्याउने र जरुरी पर्दा सहयोग नदिनेहरुको चक्रव्यूहमा परिनसक्छ ख्याल गर्नुहोला । संयम र धैर्यताले केही आर्जन गर्न सकिएला । मान्छेहरुले आज तपाईँको बोलीव्यवहारमा त्यति रुचि नदेखाउन सक्नेछन्, वाणीमा संयम गर्नु उचित हुनेछ । वाणीवृति हुनेहरुले पनि आवश्यक उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । सामान्यतया सो“चेभन्दा कम उपलब्धिले चित्त बुझाउनु पर्ने भएपनि केही व्यवसायिक उन्नति हुनेछ । आज आफ्नोभन्दा अर्काको कार्यमा समय दिन पर्नसक्ने छ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन गोचरप्रभाव अनुकूल रहेकोले मानप्रतिष्ठामा विकास हुनेछ । स्वादिष्ट परिकारको  मेजमानी तथा मनोरञ्जन र भौतिक सुखसुविधा मिल्नसक्ने छ । उद्यमविषयमा चिन्तन एवम् व्यवसायिक उन्नति हुने र शुभेच्छुकसँग  भेटघाट हुन पाइनेछ । सफलता र लाभले मानसिक शान्ति एवम् सन्तोष प्राप्ति हुनेछ । मनोरम तथा ईच्छित क्षेत्रको भ्रमण गर्ने मौका मिल्नसक्ने छ । किशोर किशोरीहरुको लागि प्रेमसम्बन्ध जोड्न अवसर मिल्नसक्ने छ । विवाहित तथा प्रेमप्रेमिका बीचको सम्बन्ध प्रगाढ बन्ने छ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग  र माँ बगलामुखीको सेवा भक्ति उपयुक्त हुनेछ । 


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन केही संघर्षको सामना गर्नपर्ने देखिएको छ । कामकार्यमा बढी नै कोसिसले मात्रै थोरै सफलता मिल्नसक्ने छ । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ भने बुद्धिमततापूर्वक फजुलका विषयबाट तर्किनु आज तपाईँको लागि उपयुक्त हुनेछ, अन्यथा खतिक्षति हुनसक्ने र पश्चाताप पनि पर्नसक्ने सम्भावना रहेको गोचरले देखाएको छ । गोचरले अनावश्यक यात्रा हुनसक्ने कुरालाई पनि लक्षित गरिरहेको छ । यहाँको लागि आज तीन अंक र पहेंलो रंगको प्रयोग एवम् बगलामुखी एवं कूलदेवताको भक्तिभाव शुभप्रद हुनेछ ।


कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल रहेको देखिन्छ । आयआम्दानी बढ्ने तथा उद्यमव्यवसायको विकास हुनेछ । कसैकसैलाई कैफियत युक्त आम्दानीतर्फ पनि मन आकर्षित नहोला भन्नसकिन्न । मनलाई संयम गर्न नसकेमा त्यसको परिणाम पछुतोजन्य आउनसक्ने सम्भावना छ । सामान्यतया आफ्नो कामकार्य तथा पेशामा सकारात्मक विचारपूर्वक अघि बढ्नेको लागि दिन उपलब्धिमूलक रहनेछ । आफन्तीहरुसँग भेट्घाट हुन र व्यवहारिकता निर्वाह गर्न पर्नेछ । स्वजनको शुभसमाचार सुन्न पाइने छ । आज यहाँको लागि २ अङ्क, सेतो रङ्गको प्रयोग अनुकूल रहनेछ भने विद्यार्थीले माँ सरस्वतीको श्रद्धाभक्ति गर्नु कल्याणप्रद हुनेछ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन मानसम्मान एवम् पदप्रतिष्ठा प्राप्ति हुनेछ । व्यापार व्यवसायबाट राम्रै आर्थिक उपलब्धि गर्नसकिने छ । सामाजिक प्रतिष्ठा बृद्धि हुनेछ भने यहाँमा भएको कलाकौशलताजन्य प्रतिभाले स्थान पाउनेछ । जागिर एवम् राजनीति तथा समाजसेवाको क्षेत्रमा थप जिम्मेवारी मिल्नसक्ने छ । आज यहाँलाई उच्चवर्ग तथा पदस्थ व्यक्तित्त्वहरुसँगको भेटघाटले महत्त्वाकांक्षी पनि बनाउने छ । विशेष विषयको योजनाको बारेमा विचारविमर्श हुनसक्नेछ । यहाँको लागि आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने कूलदेवता एवं पितृको नाममा दानदातव्य वा कुनै अनुष्ठान गर्नु विशेष पूण्यकर हुनेछ ।

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan