• FB
  • FB
  • FB
Thursday 23rd of February | २०७३ फाल्गुण १२ बिहिबार
ताजा समाचार :

गोरखा महोत्सव को छैटौं दिन जे देखियो

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १४ बिहिबार
newsabhiyan

"गोरखाको चिनारी हो गोरखा महोत्सब, गोरखा को गौरब यो जनता को उत्सब" भन्ने नाराका साथ सम्पन्न हुदैछ गोरखा महोत्सव तथा पश्चिमाअञ्चलिय कृषि ,पर्यटन तथा ब्यापार मेला  २०७३ ।

पौष ८ गरे देखी सुरु भएको यो महा कुम्भको छैटौं दिन पनि बिहान ११ बजे देखी बेलुकी ८ बजे सम्म चलेको थियो । बास्तबिक गोरखा के रहेछ भन्ने प्रष्टाइरहेको थियो  गोरखा रंगशालामा राखिएको स्टल र त्यहा को बाताबरणले , गोरखाको विभिन्न ठाउँमा उत्पादन भएको कृषि तथा तरकारी  सामाग्रीले राम्रै ब्यापार तथा प्रबर्द्धन गरेको थियो ।
बालबालिकाहरुको मनोरञ्जनको लागी राखिएको खेल ले पनि राम्रै प्रभाव परेको छ भने  गोरखा पुरै संगीतमय बनेको छ ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुतिले । 

कार्यक्रमको शुआरम्भ भए देखिनै कलाकारहरु भावना बस्नेत, सन्तोष दुवाडीले दर्शकहरुलाई नचाइरहेका थिए । गायक तथा मोडल दिनेश थापा को धमकेदार प्रस्तुतिले गोरखा जुरुक्कै उचाल्लिएको थियो ।  गायक आफैमा गायक मोडल मात्र नभएर एक कुशल कार्यक्रम संचालक पनि रहेको उसको आज को संचालन बाट प्रष्ट भएको छ ।

पछिल्लो समय नबउदायमान लोक दोहोरी गायिका मन्जु बि क ले ठाडो भाका र बिभिन्न गीत हरुले  सुरक्षाकर्मीलाई दर्शक नियन्त्रण लिन हम्मे हम्मे परेको देखिन्थ्यो । गायिका मन्जुको चोली फेर मायाले बोलि नफेरमा आफ्नो प्रस्तुती दिईरहदा दर्शक को साथ र मायाको हुटिङ ले महोत्सब स्थल नै गुन्जायमान भएको थियो । त्यस्तै अर्का पात्र थिए गायक तथा सर्जक शिब हमाल । यो पौषको जाडो लाई कुनै प्रबाह नै नगरी बेलुकी ८ बजे सम्म गाएक शिब हमाल संग झुमिरहेका थिए गोरखालीहरु ।

रंगशाला लाई नै गरमागरम बनाएका हमालले बिभिन्न गीत ले मनोरञ्जन दिलाइरहेका थिए। गोरखा तारा -२ , एकल बक्तृत्वकला प्रतियोगिता को साथै लोक दोहोरी प्रतियोगिता पनि रहेको छैटौं दिनको गतिविधिले गोरखा महोत्सव भब्यताका साथ सम्पन्न हुने संकेत गरेको थियो । कार्यक्रमको सातौ दिनमा गायक बिरही कार्की , दिपसागर थापा र हास्यकलाकार राजा राजेन्द्रको बिशेष प्रस्तुती रहेने सास्कृतिक संयोजक कृष्णकुमार श्रेष्ठले जानकारी गराए।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan