Sunday 23rd of July | २०७४ श्रावण ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पूर्वपोर्नस्टार सनी लियोनले यसरी गरिन् पतिको प्रशंसा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १४ बिहिबार
newsabhiyan
newsabhiyan

मुम्बई । विवाद, आलोचना तथा विरोध हुँदाहुँदै पनि पूर्वपोर्नस्टार सनी लियोनले अहिले बलिउडमा राम्रै काम पाइरहेकी छिन् ।

उनले केहीदिनअघि मात्र शाहरुख खानको फिल्म ‘रइस’को गीत ‘लैला ओ लैला’को सुटिङ गरिन् । त्यसपछि मिडियासँग खुल्दै उनले शाहरुखसँग काम गर्दाको अनुभव सेयर गरेकी छिन् ।

‘शाहरुख खानसँग काम गर्न पाउनु नै मेरा लागि ठूलो उपलब्धि हो,’ उनले भनेकी छिन्, ‘यो फिल्ममा काम गर्नका लागी पनि मैले धेरै मिहिनेत गर्नुपर्ने भयो ।

तर, अब यो अत्यन्त फाइदाजनक भएको छ ।’ सनीले रइसको गीतबारे कुरा गर्दागर्दै उनलाई सोधियो, ‘तपाईंलाई त ठूला अभिनेताहरूले आफ्नी श्रीमती रिसाउने भएकाले पनि अफर गर्दैनन् रे नि ?’ यस्तो प्रश्न सनीलाई पहिले पनि गरिन्थ्यो ।

पहिले–पहिले यस्तो प्रश्न सुन्दा रिसाउने सनीले यसपटक भने खुलेर कुरा गरिन्, ‘मेरा पति अत्यन्त ह्यान्डसम छन् र उनी सधैँ मसँगै हुन्छन् । मलाई अरू कसैका पतिको आवश्यकता छैन ।’

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan