• FB
  • FB
  • FB
Wednesday 18th of January | २०७३ माघ ५ बुधबार
ताजा समाचार :

तपाईलाई राम्रो सेल्फी खिच्ने तरिका जान्ने रहर छ भने पढ्नुहोस् यी टिप्स

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १४ बिहिबार
newsabhiyan

काठमाडौं । कुनै पनि नयाँ स्थान परिवेश या कार्यक्रममा सेल्फी खिच्नु सामान्य भइसकेको छ । मोबाइलबाट सेल्फी लिँदै तुरुन्तै सामाजिक सञ्जालमा पोस्ट गरेर लाइक बढाउने ध्याउन्नमा धेरै हुन्छन् । अहिलेको युवा पुस्तामा यस्तो प्रवृति अत्यधिक पाइन्छ । तर, कतिपय अवस्थामा लिएको सेल्फी आफूले चाहेजस्तो नआउन सक्छ । किन हुन्छ यस्तो ? आफ्नो चाहनाअनुसार राम्रो सेल्फी खिच्न अपनाउनुपर्ने उपायका बारेमा केहि सुझाब यस्ता छन् :

लाइट
सेल्फीका लागि लाइट महत्वपूर्ण हुन्छ । ब्याकग्राउन्डको लाइट धेरै चम्किलो हुनु हुँदैन । अगाडिबाट आएको लाइट सेल्फी खिच्न तयार भएका सम्पूर्ण व्यक्तिमा आउन जरुरी हुन्छ । सबैलाई सो लाइटले कभर गरेको हुनुपर्छ ।

एंगल
सेल्फी खिच्दा एंगलमा धेरैको ध्यान जाँदैन । जसले गर्दा सेल्फी लिने व्यक्तिको मुहार बेढंगको देखिन सक्छ । सेल्फी सधैँ हलुका तल या माथिबाट लिँदा तस्बिर उत्तम आउँछ ।

संख्या
सेल्फी खिच्न कतिजना तयार भएर बसेका छन्, यसले तस्बिरको गुणस्तरमा फरक पार्छ । यदि एक या दुईजनाको मात्र सेल्फी लिन लागिएको छ भने खासै फरक पर्दैन । तर, ५–६ जनाको सेल्फी लिन लागिएको छ भने अनुहार नराम्रो आउन सक्छ । त्यसैले यस्तो अवस्थामा सेल्फी स्टिकको सहयोग लिनुपर्छ ।

क्वालिटी
आजकल कुनै पनि मोबाइलबाट सेल्फी लिने गरिन्छ । राम्रो क्वालिटीको क्यामेरा भए मात्र फोटो पनि राम्रो आउँछ । हुन त अहिले कम्पनीहरूले सेल्फीलाई नै मध्यनजर गर्दै स्पेसल मोबाइल उत्पादन गर्न लागेका छन् ।

ट्रिटमेन्ट
अन्य तस्बिरजस्तै सेल्फीलाई पनि सामान्य ट्रिट गरेर सेयर गर्नु राम्रो हुन्छ । अहिले अधिकांश मोबाइलमा नै फोटो ट्रिटमेन्ट फिचर समावेश भएका हुन्छन् । जसले कलर कन्ट्रास आदिलाई अझ राम्रो बनाइदिन्छ । त्यस्तै, सेल्फीमा बिग्रिएको अनुहार बनाइदिने केही एप्सहरू पनि उत्पादन भइसकेका छन् ।
 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan