Monday 28th of May | २०७५ जेठ १४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वर्गीय पति श्री कृष्णकै खुशीका लागि स्वेताले गरिन् डेढ लाखको सहयोग

जन्म जयन्तीको अवसर पारेर एक लाख ५० हजार रुपैयाँको सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १४ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । अभिनेता स्व.श्री कृष्ण श्रेष्ठको आज जन्म जयन्ती हो । सिनेमा क्षेत्रमा स्थापित अभिनेता श्रीले संसार छाडेको पनि दुई बर्ष भन्दा बढी भईसक्यो ।

२०२४ साल पौष २४ गते जन्मेका उनी २०७१ को साउन २४ गते यो संसारबाट बिदा भएका थिए । श्रीमानको  जन्म जयन्ती पारेर अभिनेत्री स्वेता खड्काले एक अनाथ आश्रमलाई सहयोग गरेकी छिन् ।

धुम्बाराही स्थित १९ जना अनाथ बालबालिका रहेको घर आँगन नामक अनाथ आश्रमलाई स्वेताले एक लाख ५० हजार रुपैयाँको सहयोग गरेकी हुन् ।

स्वेताको सहयोगमा नयाँ भवन बनाउने तयारीमा रहेको यो सस्थाको जग हाल्नका लागि उक्त रकम खर्च गरिने छ । अनाथ आश्रमलाई सहयोग गरेकी स्वेताले यो काम स्वर्गीय पति श्री कृष्णकै खुशीका लागि गरेकी हुन् ।

समाज सेवा भनेपछि हुरुक्कै हुने श्री आज स्वेताको यो काम देखेर खुशी होलान् भन्नेमा स्वेता विश्वस्त छिन् ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा छक्का पञ्जाकी निर्देशक दीपा श्री र स्वेताले घर आँगनका सञ्चालक दीपक सिलवालाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan