Saturday 22nd of July | २०७४ श्रावण ७ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फरहानसँग बस्न गएकी श्रद्धालालाई शक्तिले फर्काए ?

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १४ बिहिबार
newsabhiyan
newsabhiyan

मुम्बई । केहि दिन अघि भारतको एक चर्चित अनलाईनले अभिनेत्री श्रद्धा कपूर र अभिनेता फरहान अख्तर लिभ ईन रिलेसनसिपमा रहेको खबर छाप्यो । यो खबर देखेपछि धेरैले आश्चर्य माने ।

श्रद्धाका पिता अभिनेता शक्ति कपूरले भने यो खबर गलत भएको बताएका छन् । एजेन्सीसँग कुराकानी गर्दै शक्तिले यस्ता गलत खबरहरुले छोरीको इमेजलाई असर पारेको उल्लेख गरे ।

श्रद्धा र फरहान एकअर्काका मिल्ने साथी मात्र भएको भन्दै शक्तिले उनीहरु लिभ ईनमा नरहेको पनि खुलासा गरेका छन् । तर केहि दिन अघि भने श्रद्धा आफ्नो घर छाडेर फरहानको अपार्टमेन्टमा शिफ्ट भएको खबर छापिएको थियो । जसका अनुसार फरहानसँग बस्न गएकी श्रद्धालाई शक्ति स्वयमले घर फर्काएर ल्याएका थिए ।

श्रीमती अधुनासँग डिभोर्स भएपछि फरहानको नाम उनका को–स्टारहरुसँग जोडीन थालेको छ । सिनेमा वजिरको क्रममा उनको नाम अभिनेत्री अदिती राव हैदरीसँग जोडीएको थियो । त्यस्तै रक अन २ मा काम गर्ने क्रममा श्रद्धा रु फरहान पनि एक अर्काको प्रेममा परेका खबरहरु केही समय यता प्रकाशित हुँदै आएका छन् ।

फरहानको श्रीमती अधुनासँग २०१६को शुरुवातमा डिभोर्स भएको हो । उनका दुई छोरी, शाक्या र अकिरा छन् । श्रद्धाको पनि फरहान अघि आशिकी २ का अभिनेता आदित्य रोय कपूरसँग लामो समय अफेयर चलेको थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan