Thursday 27th of April | २०७४ बैशाख १४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टेलिकमको फोर-जी सेवा आइतबारदेखि, तत्काल आइफोनमा नचल्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १५ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, १५ पुस । नेपाल टेलिकमले आगामी आइतबार अर्थात् जनवरी १ तारिखबाट काठमाण्डौमा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) सुरु गर्ने भएको छ । तर, आइफोन र आइप्याड प्रयोगकर्ताले भने तत्कालै नेपाल टेलिकमको फोरजी सेवा प्रयोग गर्न पाउनेछैनन् ।

नेपाल टेलिकमले एप्पलसँग टेलिकम नेटवर्क कोड इनेबल सम्झौता बेलैमा नगर्दा यस्तो समस्या आउन लागेको हो । हाल फोरजी सेवाको परिक्षण गरिरहेको नेपाल टेलिकमको सो क्रममा आइफोनमा फोरजी सेवा नचल्ने जानकारी पाएको हो । हाल नेपाल टेलिकमका झण्डै दुई लाख प्रयोगकर्ताले एप्पलले उत्पादन गरेका आइफोन प्रयोग गर्छन् ।

जसमध्ये करिव १ लाख ७० हजार आइफोनमा फोरजी चलाउन सकिन्छ । डिभाइसको सुरक्षाप्रति संबेदनशील एप्पलले आफ्ना सेटमा सम्बन्धित सेवा प्रदायकको लोकेसन इनेबल नगर्दासम्म फोरजी नचल्ने बनाएको छ । जसका कारण संसारभरिका सवैजसो टेलिकम सेवा प्रदायकले फोरजी सेवा सञ्चालनका लागि एप्पलसँग बेग्लै सम्झौता गर्नुपर्छ र त्यस्तो सम्झौतापछि एप्पलले सेवा प्रदायकको लोकेसन इनेबल गर्छ ।

एप्पल बाहेकका अन्य स्मार्टफोन ब्राण्डमा भने फोरजी सेवा स्वतः चल्छ । एप्पलसँग जस्तै कोड इनेबल गर्ने सम्झौता गरिराख्नु पर्दैन् । नेपालका लागि आइफोनका आधिकारिक वितरक जेनरेसन नेक्स्ट कम्युनिकेसनका प्रबन्ध निर्देशक पवन भिमसरियाले नेपाल टेलिकमबाट लोकेसन इनेबलका लागि अनुरोध आएको र सोहीअनुसार आफुले एप्पलको सिंगापुरस्थित कार्यालयलाई पत्र पठाएको जानकारी दिए ।

‘त्यस्तो समस्या आएको थाहा पाएपछि टेलिकमले गत बिहीबारमात्र हामीलाई अनुरोध गरेको थियो’ भिमसरियाले बताए  । अहिले त्यहाँ क्रिसमस र नयाँ बर्षको लामो बिदा छ, रेस्पान्स आउन कम्तीमा एक साता कुर्नुपर्छ होला ।’ टेलिकमका सहप्रवक्ता शोभन अधिकारी आइतबार नै फोर-जीबारेको सबै विवरणहरु सार्वजनिक गर्ने बताए ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan