• FB
  • FB
  • FB
Sunday 19th of February | २०७३ फाल्गुण ८ आइतबार

ओली–कोइरालाले हस्ताक्षर गर्ने , एमालेले कांग्रेसलाई राष्ट्रवाद सिकाउने - नेता डा.शेखर कोइराला

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १५ शुक्रबार
newsabhiyan

काठमाडौं, १५ पुस । ओली–कोइरालाले हस्ताक्षर गर्ने , एमालेले कांग्रेसलाई राष्ट्रवाद सिकाउने   नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेको उग्रराष्ट्रवादले अन्त्यमा उसैलाई सिध्याउने चेतावनी दिएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै कांग्रेस नेता डा.कोइरालाले एमालेलाई सहमति र सहकार्यको राजनीतिमा आउन आग्रह गरे ।

‘उग्रराष्ट्रवादको कुरा गरेर एमालेलाई फाइदा हुँदैन । राष्ट्रवादको नाराले एमाले सकिन्छ’, उनले भने, ‘उग्रराष्ट्रवादको नाराले देशलाई पनि समस्यामा पार्छ ।’

संसद अबरोध गरेकोमा एमालेप्रति रुष्ट बनेका कांग्रेस नेता डा.कोइरालाले भने, ‘संविधान संशोधन प्रस्ताव फेल गराउनु छ भने संसदबाट फेल गराइदिए भइगयो नि ? किन सदनमा अबरोध गर्ने ?’

संसदीय प्रक्रियामा सबैको आवाज सुन्नुपर्ने उनको भनाइ थियो । एमालेलाई पनि विश्वासमा ल्याउनु पर्ने बताएका कांग्रेसका नेता डा.कोइरालाले भने, ‘एमालेविना संविधान कार्यान्वयन कठीन छ । एमाले पनि सहमतिमा आउनु पर्छ । छलफल गर्नुपर्छ । निकास दिनै पर्छ ।’

नेता डा.कोइरालाले भने, ‘के हो राष्ट्रघात ? यही प्रस्ताव केपी ओलीले  ल्याउँदा हुने ! अरुले ल्याउँदा राष्ट्रघाती कसरी भयो ? ओलीजीले १७ कात्तिक ०७१ मा यही प्रस्तावमा सुशील कोइरालासँग सँगै हस्ताक्षर गरेका होइनन् ?’

‘कांग्रेसलाई एमालेले राष्ट्रवाद सिकाउने होइन’, उनले भने, ‘राष्ट्रवादको कुरा हामीलाई पनि थाहा छ । कड्किदै उनले भने  ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan