Tuesday 28th of March | २०७३ चैत १५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एउटा विकिनी तस्वीरका कारणले ब्रेकअपको नजिक पुगे अनुष्का र विराट

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १५ शुक्रबार
newsabhiyan
newsabhiyan

एजेन्सी । क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माले नयाँ बर्षको दिनमा उत्तराखण्डको नरेन्द्रनगरस्थित आनन्द होटेलमा ईन्गेजमेन्ट गर्न लागेकोे खबर अहिले चर्चामा छ ।

उनीहरुको ईन्गेजमेन्टमा सहभागी हुन चर्चित क्रिकेटरहरु उत्तराखण्ड जाने तयारीमा रहेको र अनुष्काको परिवार भने पहिले देखि नै त्यहाँ भएको खबर भारतीय अनलाईनहरुले छापेका छन् ।

अनुष्का र विराटले सामाजिक सञ्जाल ईन्स्टाग्राममा सेयर गरेका तस्वीरहरुले उनीहरु कुनै पहाडी ईलाकामा भएको अनुमान गरिएको छ । तर उनीहरुले दुवै एकसाथ भएको तस्वीरहरु भने सेयर गरेका छैनन् । ईन्गेजमेन्ट गरेर सम्बन्धलाई बलियो बनाउन लागेको यो जोडीले अफेयरका क्रममा धेरै उतार चढावहरु पार गरेको छ ।

एकताका अनुष्काको एक तस्वीरले झण्डै उनीहरुको ब्रेकअप हुन आँटेको थियो । २०१५ को सुरुवातमा अनुष्काले एक म्यागजिनका लागि विकिनी फोटोशुट गरिन् । जुन विराटलाई मन परेन ।

अनुष्काको उक्त तस्वीर देखेपछि विराटले अनुष्कालाई फोन गरेर उनीहरुको फोनमै झगडा भएको थियो । त्यसको केही दिन उनीहरु एकअर्काको सम्पर्कमा रहेनन् ।

तर केहि दिन अलग भएका उनीहरुले फेरि प्याचअप गरेका थिए । एकअर्कालाई औधी माया गर्ने विराट र अनुष्का साथ नछुटोस् भनेर नै सम्बन्धलाई एक कदम अगाडि बढाउने तयारीमा लागेको बताईएको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan