Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खानेपानीको सङ्कट रोक्न मुहान संरक्षणमा जोड

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १६ शनिबार
newsabhiyan

पाल्पा । खानेपानीको मुहानसुक्न थालेपछि यहाँका राजनीतिक दलका नेताले चिन्ता व्यक्त गरेका छन् । खानेपानीका मुहान संरक्षण हुन नसके पहाडी जिल्ला पाल्पामा खानेपानीको सङ्कट पैदा हुने देखिएको छ ।

सरकारले सार्वजनिक धारा विस्थापित गर्दै घर घरमा निजी धारा जडान गर्ने अवधारणा ल्याएको बेला पाल्पाका दलहरुले एकैस्वरमा नयाँ आयोजनासँगै पुराना खानेपानीका मुहान संरक्षणमा सरकारले चासो देखाउँनुपर्ने बताएका हुन ।

जलवायु परिर्वतनले खानेपानीका मुहान बर्सेनि सुकिसकेका, कतिपयमा पानीको मात्रा घटेको र कतिपय मुहान भूकम्पले भाँसिएपछि पहाडी जिल्ला पाल्पामा पानीको समस्या बढ्दो क्रममा रहेको छ ।

पानीका प्रशस्त मूल रहेका क्षेत्रमा अहिले पानीका मुहान सुकेका छन् भने पानीको मुहान नै नभएका बस्तीमा लिफ्ट मार्फत पानीको सुविधा पु¥याइएको छ ।

नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले पानीका मुहानसुक्दै गएकाले त्यसको पहिचान गरी संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । पहिला प्रशस्त पानी बग्ने क्षेत्रमा अहिले पानी कम देखिन थालेका छन् ।

नेकपा एमाले, पाल्पाका अध्यक्ष नारायण आचार्यका अनुसार चुरे क्षेत्र माथिल्लो भाग गोठादीदेखि सहलकोट, बाकामलाङ्गसम्म सुक्खा क्षेत्र भएकोले पानी मुहान संरक्षण गर्न नसकेको अवस्थामा खानेपानीका लागि समस्या पैदा हुनेछ । उहाँले देवीनगरको खानेपानीको मुहान संरक्षण चासो राखेमा पानीको मुहान संरक्षण हुने र पानी सुक्न नपाउने बताउनुहुन्छ ।

राप्रपाका अध्यक्ष डुलबहादुर कुवँरका अनुसार कुसुमखोला गाविसको रिब्दीकोट क्षेत्रको खानेपानीको मुहान संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । रिब्दीकोटको खानेपानी आयोजनाबाट पाल्पा जिल्लाका पालुङ्गमैनादी, ठिमुरे, कुसुमखोला, खस्यौली, ख्याहा, देउरालीलगायतका गाविसका स्थानीयवासीले खानेपानी उपभोग गर्दै आएका छन् ।

दर्लमडाँडाका स्थानीय बासिन्दा तथा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष भगवान भण्डारीले राम्दी क्षेत्रका स्थानीयवासीले प्रयोग गर्ने खानेपानीका मुहान धेरै सुकिसकेको बताउनुहुन्छ । खानेपानीका ठूला आयोजना सञ्चालन गर्दा साना पानीका मुहान संरक्षणमा चाँसो नदेखाउँदा पछि पानीको विकराल समस्या पैदा हुनसक्ने खतरा समेत उत्तिकै रहेको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पाल्पाले आर्थिक वर्ष ०७३÷७४ को बजेट तथा कार्यक्रममा प्रमुख केशव शाक्यले यस आवमा तीन आयोजना सम्पन्न, पाँच सम्पन्न हुने र १४ वटा सम्पन्न गर्ने प्राथमिकता र ९० आयोजनामा रु १८ करोड ३६ लाख ६७ हजार बजेट रहेको जानकारी दिनुभयो । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan