Saturday 29th of April | २०७४ बैशाख १६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘सिमल’ सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १६ शनिबार
newsabhiyan

काठमाडौँ, १६ पुस । लेखिका सुष्मा खड्काद्वारा लिखित ‘सिमल’ नामक उपन्यास सार्वजनिक भएको छ ।

प्रेममा आधारित सो उपन्यासलाई हास्य कलाकार तथा लेखक हरिवंश आचार्यले यहाँ आज आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभयो ।

शिखा बुक्सको प्रकाशन र ज्ञानज्योति बुक्स पब्लिकेशन प्रालिको वितरण रहेको ‘सिमल’ लाई जिके पोखरेलले सम्पादन गर्नुभएको हो ।

सोही अवसरमा हास्य कलाकार आचार्यले प्रेम र समाजको बन्धनलाई लेखिका खड्काले उपन्यासमा छर्लङ्ग पारेको बताउनुभयो ।

त्यसैगरी लेखिका हरिमाया भेटवाल, पत्रकार÷लेखक अस्वीनी कोइराला र हास्य कलाकार राजा राजेन्द्रले ‘सिमल’ उपन्यासले समाजको यथार्थलाई चित्रण गरेको टिप्पणी गर्नुभयो ।

लेखिका खड्काले ‘सिमल’ आफ्नो पहिलो कृति भएको हँुदा पढेर सुझाव दिन अपिल गर्नुभयो । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan