• FB
  • FB
  • FB
Sunday 26th of February | २०७३ फाल्गुण १५ आइतबार

घर भाडामा दिएपछि सुत्ने कोठामा के हुन्छ भनेर हेर्न मिल्दैन !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १७ आइतबार
newsabhiyan

 मुम्बइ । बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले घरधनीले घर भाडामा लगाएपछि कोठामा के हुन्छ भनेर चिहाउन नहुने बताएकी छिन् ।

उनले आफ्नो घरमा भएको यौन धन्दावारे आफुलाई कुनै जानकारी नभएको बताएकी छिन् । घर भाडामा लगाएपछि आफु उक्त घरमा नगएको पनि उनले जानकारी दिइन् ।


एक कार्यक्रममा सहभागी हुन दिल्ली आइपुगेकी प्रियंकाले घर भाडामा लगाउने ब्यक्तिलाई भाडामा बस्नेको चोटाकोठा चाहर्ने अधिकार नभएको बताइन् । ‘घर भाडामा दिएपछि उसको शयनकक्षमा के हुन्छ भनेर घरधनीले हेर्न मिल्दैन ।’ उनले भनिन् ।


प्रहरीले जनाएअनुसार प्रियंकाको अँधेरीस्थित फ्ल्याट भाडामा लिएर केही महिलाले यौनधन्दा सञ्चालन गरेका थिए । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रियंकाले प्रहरीको अनुसन्धान सकिएपछि सबै कुरा स्पष्ट हुने बताइन ।


यौन धन्दा कानुन विपरित कार्य भएको भन्दै प्रियंकाले प्रहरीलाई आफुले सघाउन तयार रहेको जानकारी दिइन् । उनले भनिन् ,‘भारतीय समाजमा यौनधन्दा गैरकानुनी काम हो, यस्तो काम गर्नेबिरुद्ध म प्रहरीलाई सघाउन तयार छु । 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan