Wednesday 29th of March | २०७३ चैत १६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चिसोका कारण सामुदायिक विद्यालय बन्द

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १७ आइतबार
newsabhiyan
newsabhiyan

कपिलवस्तु, १७ पुस । लगातारको शीतलहर र चिसोसँगै जाडो बढेपछि जिल्लाका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएका छन् ।

सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका अधिक सङ्ख्यामा रहेका र उनीहरुलाई न्यानो कपडाको अभावमा समस्या सिर्जना हुन थालेपछि आजदेखि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

विद्यालयको वार्षिक पात्रोअनुसार वर्षे बिदामा कट्टी हुने गरी १५ दिनका लागि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी हरि गौतमले बताउनुभयो ।

केही दिनयता जिल्लामा दिनभर हुस्सु लाग्ने, शीत पर्ने र जाडो बढ्दै गएपछि सर्वसाधाणको जनजीवन पनि प्रभावित बनेको छ । जाडोका कारण सेवाग्राहीको सरकारी कार्यालयमा उपस्थिति न्यून देखिएको छ । त्यस्तै तौलिहवा अस्पतालमा निमोनिया श्वासप्रश्वासका समस्या देखिएका बालबालिका र वृद्धवृद्धाको चाप बढेको छ । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan