Sunday 17th of December | २०७४ पौष २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जागिर छाडेर पर्यटन प्रबर्द्धनमा लगानी

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १७ आइतबार
newsabhiyan
newsabhiyan

अमृत बास्तोला, तेह्रथुम, १७ पुस । करिब १९ बर्ष बढी कम्प्युटर सम्बन्धी काम गर्नु भएका म्याङलुङ नगरपालीका वडा नम्बर ५ पिप्ले बस्ने राजु गड्गौलाले कृषि पर्यटनका लागि निजि लगानीमा पिप्लेमा एकिकृत ब्याबसाय सुरु गर्नु भएको छ ।

युवा ब्याबसायी गड्तौलाले ब्याबसाय सञ्चालनका लागी अहिले सम्म करिब ४० लाख बढी लगानीमा गाउँमै एकिकृत ब्याबसाय सुरु गर्नु भएको हो । उहाँले पर्यटन प्रबद्र्धनका लागी डाउन हिल कटेज र डाउन हिल मल्टी फर्म दर्ता गरेरै कृषि पेशामा लगानी गरेको बताउनु भयो।

पैसार प्रतिस्ठा भन्दा पनि आफु जन्मीएको गाउको परवर्तन गर्ने उदेश्यले बिराटनगरमा कम्प्यूटर हार्डवेयर ईन्जीनियरीङको जागिर चटक्कै छाढेर अहिले गड्तौला पशुपालन र होटल ब्याबसायमा ब्यस्त हुन भएको छ ।

लामो समयसम्म बिराटनगर बस्दै आएका युवा ब्याबसायी गड्तौलाले गाउँमा बाख्राँ, कुखुरा, माछापालन सुरु गर्दा आलोचना गर्नेहरु पनि अहिले आफ्नो ब्याबसाय हेर्न आउन थालेकाले सुखी ब्यक्त गर्नु भएको छ ।

उहाँले एउटा तालिमहल, दर्जन कटेज, स्थल र दुई दर्जन बढी क्षमताको संरचना तयार गर्नु भएको छ । अब चाडै डाउन हिल कटेजमा स्वीमिङ पुल र चिल्ड्रेन पार्क समेत निर्माण गरिने उहाले जानकारी दिनु भयो ।

सुरुमा उहाँले मनग्गै धान फल्ने खेत मासेर बासबाट निर्मित कटेजहरु निर्माण गरि रहदा बुद्धि बिग्रीयो भनेर आलोचना गर्नेहरु समेत अहिले तारिफ गर्ने गरेको सुनउनु भयो । आफुले सञ्चालन गरेका ब्याबसायबाट उत्पादन हुने उपभोग्य बस्तुको खपतका लागी आफ्नै लगानीका चमेना गृह समेत सञ्चालन गर्दा बजारको समस्या नरहेको बताउनु भयो ।

अहिले यो डाउन हिल कटेजमा आउने आन्तरिक पर्यटकहरुले आफ्नै फर्मको बस्तु अडर अनुसार प्रयोग गर्न पाउनु बिषेशता रहेको छ । ब्याबसाय सञ्चालनका लागी आफ्नो परिवारको समेत राम्रो साथ रहेको बताउने गड्तौलाको फर्ममा अहिले ६० बढी बाख्रा, एक दर्जन बढी खसी, ३ सय बढी बोईलर र सय बढी लोकल कुखुराका साथमा ५ सय बढी माछा पाल्नु भएको छ ।

एक सय रोपनीमा ब्याबसाय सुरु गरेका गड्तौलाले अहिले ४ जनालाई मासिक तलब र केहिलाई मौषम अनुसार रोजगारी पाएका छन् । सदरमुकाम नजिकै रहेको पिप्लेमा सञ्चालन गरिएको यो ब्याबसायले गाउनै परिबर्तन हुन लागेको स्थानीयले बताएका छन् ।

डाउन हिल कटेज पिप्लेमा म्याङलुङ बसपार्क बाट पिप्ले सडक खण्ड हुदै साना तथा हलुका सवारी साधनबाट १५ मिनेट पुग्न सकिन्छ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan