Saturday 22nd of July | २०७४ श्रावण ७ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक साथ मस्ती गर्दै मलाईका र अरबाज

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १७ आइतबार
newsabhiyan
newsabhiyan

मुम्बई । सम्बन्ध बिच्छेदको चर्चासँगै मलाईका र अरबाज एक साथ देखिएका छन् । गोवामा पार्टी एन्जोय गर्दै गरेका मलाईका र अरबाजको एक तस्वीर सामाजिक सञ्जालमा फेला परेको छ ।

जसलाई मलाईकाकी बहिनी अमृताले सेयर गरेकी हुन् । अमृताले सामाजिक सञ्जाल ईन्स्टाग्राममा गोवामा भएको पार्टीका केही तस्वीरहरु सेयर गरेकी छिन् ।

जसमध्ये एक तस्वीरमा अरबाज र मलाईका देखिएका छन् । उक्त तस्वीरमा मलाईकाका आमा बुवा र आफन्तहरुको उपस्थिति देखिन्छ ।

अरबाज छोरासँग देखिएका छन् भने मलाईका पनि आफन्तको छेऊमा उभिएर पोज दिईरहेकी छिन् ।

आईटम गर्ल मलाईका अरोरा खानले श्रीमान् अरबाज खानसँग सम्बन्ध बिच्छेद गर्दा १५ करोड मागेर खान परिवारलाई तनाव भएको खबर केही दिन अघि मात्रै आएको थियो ।

तर यहि बीच मलाईका र अरबाज एक साथ देखिनुले कतै उनीहरु सम्बन्ध सुधार गर्ने पक्षमा त छैनन् ? भन्नेमा सबैको ध्यान गएको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan