Saturday 24th of June | २०७४ असार १० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आजबाट फोर जी सेवा सुरु, यस्ता छन् विशेषताहरु

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १७ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं १७ पुस । आजबाट नेपाल टेलिकमले फोर जी सेवा आजवाट सुरु गरेको छ । राजधानीको सोल्टी होटलमा आयोजित विशेष समारोहकाबीच संचारमन्त्री सुरेन्द्रबहादुर कार्कीले फोर जी सेवा संचालनको शुभारम्भ गरेका हुन ।

फोर जी सेवा सुरु भएपछि टेलिकमका ग्राहकहरुले ३२ दशमलव ४ एबिपिएसको गतिमा इन्टरनेट चलाउन सक्ने टेलिकमले जानकारी दिएको छ । पछि टेलिकमले ८० एमबिपिएसको गतिमा इन्टरनेट चलाउन सक्ने गरी काम भइरहेको जनाएको छ ।

नेपाल टेलिकमका सबै सिमकार्डलाई फोर जी सेवाको लागि भेरिफाइड गर्न असम्भव भएकोले निश्चित अवधि अगाडि बाँडिएका सिमकार्डलाईमात्र त्यस्तो सेवाको अनुमति हुने जनाइएको छ ।

फोरजी चौथौ पुस्ताको मोबाइल संचार प्रविधि हो । नेपालमा हाल रहेको मोबाइल प्रविधि ‘टुजी’ तथा ‘थ्रीजी’ को परिस्कृत तथा आधुनिक स्वरुप फोरजी रहेको टेलिकमको भनाई छ । यो प्रविधि थ्रिजी प्रणालीभन्दा १० गुणा छिटो चल्ने जनाइएको छ ।

फोरजी चलाउनका निम्त यसका निम्ति ४४४३ डायल गर्नुपर्ने र  यदि ग्राहकले चलाइरहेको टेलिकमको सिममा फोर जी नचल्ने रहेछ भनेर अपग्रेड गर्नुपर्छ भनेर सन्देश आउने बताइएको छ ।

यदि अपग्रेड गर्नुस् भन्नेसन्देश आएमा काठमाडौं उपत्यकामा दूरसञ्चारका कार्यालयहरु चावहिल, हात्तीगौंडा, गोंगवु, सुन्धारा, छाउनी, बबरमहल, जावलाखेल, साझा भवन, ठिमी र भक्तपुर तथा पोखरामा दूरसञ्चार कार्यालय महेन्द्रपुलबाट नियमित प्रक्रियामार्फत फोर जी चल्ने यु–सिम प्राप्त गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

त्यस्तै, फोर जी सेवा सुरु गर्न कुनै शुल्क नलाग्ने टेलिकमको भनाई छ । थप जानकारीका लागि ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न टेलिकमले आग्रह गरेको छ । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan