Friday 24th of March | २०७३ चैत ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

थोलेदेम्बा पर्यटन महोत्वबको लागि ओलखढुङ्गाका गाविसमा उपसमिती

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १७ आइतबार
newsabhiyan
newsabhiyan

सुशान्ती गुरुङ  । ओखलढुंगा । बैशाखमा हुने थोलेदेम्बा पर्यटन महोत्वबको लागि ओलखढुङ्गाका बिभिन्न गाविसमा कार्यदल गठन गरिएको छ । प्रथम थोले देम्बा महोत्सव २०७४ को प्रचार प्रसारको तथा आर्थिक संकलनका लागी कार्यदल गठ्न गरिएको हो ।


जिल्लाको रमणिय एवं पर्यटकिय स्थल थोलेदेम्बा पर्यटन महोत्वब ०७४ को लागि महत्सबका केन्द्रिय अध्यक्ष देण्डि शेर्पाको प्रमुख आतिथ्यतामा देम्वा आसपासका गाविसहरुमा कार्यदल तथा उपसमिती गठनलाई तिब्रता दिईउको हो ।

जिल्लाको उत्तरीपस्चिमी गाविस भुसिङगाको वडा नं ९ मा र उत्तरी गाविस पात्लेको वडा नं ४ मा पर्ने पर्यटकीय स्थान देम्बा डाँडा प्रचार प्रसारको अभाबमा ओझेलमा परेको कारण आगामी २०७४ बैशाख १, २ र ३ गते महोत्सवको आयोजना गरिएको प्रथम थोले देम्बा महोत्सव २०७४ मुलसमारोह समितीका अध्यक्ष देण्डी शेर्पाले बताउनु भयो ।

पर्यटन महोत्वलाई लक्षित गरी बिभिन्न गाबिसमा आयोजित  भेलालाई संम्बोधन गर्दै शेर्पाले देम्बा महोत्सबका लागी जिल्लाका ८ वटा गाविसमा उपसमिती गठन गरिएको समेत वाउनु भयएकोे छ  । थोले देम्बा महोत्सवका लागी रंगनी , भुसिङ्गा , रावादोलु , खिजीचण्डेश्वरी , खिजीकाती , खिजीफलाटे , पोकली  र पात्लेमा समेत उपसमीती गठन गरिएको छ ।

थोलेदेम्मा महोत्सब मूल  समितीले प्रत्येक गाबिसबाट दुइ, दुई लाख रुपैयाँ बजेट विनियोजन गरी सहयोग गरिदिन समेत आग्रह गरेको छ  ।
ओखलढुंगामा रहेका बिभीन्न पर्यठकीय स्थानहरुमा बिभीन्न समयमा महोत्सव आयोजना गरीयपनि प्रचार प्रसारको अभाबमा पर्यटकको गन्तब्ग स्थान बन्न सकेका छैनन् । यसका निम्ती बिभीन्न पर्यटन ब्यबसायी संग समन्वय र सहकार्य गर्न पनि जरुरी देखीयको छ । मनोज भट्टराईको सहयोगमा
 

न्यूज अभियान डट कमको अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् र हरेक खबर विशेष खबरका लागि पल-पलको अपडेट पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan