• FB
  • FB
  • FB
Tuesday 21st of February | २०७३ फाल्गुण १० मंगलबार

बि.सं.२०७३ साल पौष १८ गते सोमवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १८ सोमबार
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । पौष महिनाको १८ गते सोमवार ।
अँग्रजी मितिः ई.सं. २०१७ जनवरी महिनाको ०२ तारिख ।
योगः  बज्र योग, ०८ः२४ बजेपछि सिद्धि योग ।
तथीः हेमन्त ऋतु पौष शुक्लपक्षको चतुर्थी तिथी, १४ः२० बजेपछि पञ्चमी तिथी । 
नक्षत्रः धनिष्ठा, १५ः५७ बजेपछि शतिभिषा नक्षत्र ।
करणः भद्रा १४ः२० बजेसम्म उपरान्त बब करण ।
चन्द्रमाः  कुम्भ राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५६ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः१९ बजे ।
राहुकालः ०८ ः१४  बजेपछि ०९ः३३ बजेसम्म ।
भद्राः १४ः२० बजेसम्म । 
यात्राः १४ः२० बजे पछि पश्चिम दिशाको लागि ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन आयप्रद छ तथापि केही ग्रहबाधा देखिएको छ । जसको निवारणको लागि अढैया शनिको प्रभावलाई न्यून गर्ने उपाय अवलम्बन गर्नु उपयुक्त हुनेछ । बाँकी पक्ष ठिकै देखिएको छ । आज यहाँलाई कामकार्यले व्यस्त नै गराउने छ । इष्टजनसँग पनि भेट्घाट हुन र आफन्तजनको शुभसमाचार सुन्न पाइने दिन रहेको छ । व्यवसायबाट राम्रो लाभ हात पर्ने तथा सहयोग मिल्ने छ । आज यहाँको लागि दुई  अङ्क, सेतो रङ्गको उपयोग गर्नु अनुकूलप्रद हुनेछ भने हनुमान वीरको दर्शन भक्ति विशेष हितकर हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन उच्चकोटीको मानसम्मान प्राप्त हुनसक्ने खालको छ । व्यक्तित्त्वको विकास हुने सुअवसर मिल्ने हुनाले समयको बढीभन्दा बढी सदुपयोग गर्नुहोला । व्यापार व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रमा ग्रहले राम्रो बल दिएको छ तथापि मनकारक ग्रह चन्द्रमा माथि राहुकेतुको प्रभाव रहेकोले त्यसको उपाय अवलम्बन गर्नु बुद्धिमानी तथा फापकर हुनेछ । यहाँलाई आज एक अंक, रातो रङ्ग अनुकूल हुनेछ भने श्रमजिवी वर्गको हितार्थ योगदान गर्नाले अनिष्ट निवारणको लागि उचित हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन सुधार भएर आएको छ । भाग्यको बृद्धि हुने तथा मनमा सात्त्विक विचारले प्रसय पाउने र धार्मिक कार्य सम्पादन हुनेछ । धार्मिक एवम् आध्यात्मिक उत्प्रेरणाको बलले दैनिक व्यवहारमा समेत मद्दत पुर्याउने छ । व्यवसायिक कार्यमा सफलता मिल्नाले आँट बढ्नेछ । नोकरी आदिमा आएका अबरोधहरु पनि हट्ने र जिम्मेवारी एवम् भूमिका थप हुनसक्ने छ । आज यहाँको लागि नौ अंक, पहेंलो रङ्गको प्रयोग शुभ हुनेछ भने भगवान गौरीशङ्करको भक्तिभाव गर्नु शुभकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन त्यति सहज दिन देखिदैन । स्वास्थ्यमा समस्या हुनसक्ने र कार्यक्षेत्रमा झमेला आइलाग्नसक्ने सम्भावना छ । धैर्य एवम् सहनशिलतालाई नै प्रमुखता दिनु उचित हुनेछ । सदाचार एवम् लगनशीलताले संघर्षको बाबजुतपनि कार्यमा आंशिक लाभ गर्नसकिने छ । बोलीचाली एवम् जनव्यवहारको क्षेत्रमा निस्काम सिद्धान्तले कुशलता निर्वाह गर्न अभ्यास गर्नु बुद्धिमानी हुनेछ । दीर्घरोगीहरुले स्वास्थ्यमा बढी ध्यान दिनु होला । प्रतिकूल ग्रहको कष्ट निवृतिको लागि इष्टदेवको भक्तिलाई बढाउनु उचित हुनेछ ।  

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन आमोद–प्रमोद चाहनामा बृद्धि हुने तथा विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने भएतापनि समझदारीमा कठिनाई उत्पन्न हुनसक्ने सम्भावना छ । ग्रहको अबरोधपूर्ण अवस्थाले गर्दा बढी महत्त्व दिइएको व्यवसायिक उन्नतिमा अड्चन सृजना हुनसक्ने र अन्य क्षेत्रपनि प्रभावित हुनेछ । केहीहद्सम्म आर्थिक सङ्कलन भने हुनेछ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । चोटपटक आदिको भय देखिएकोले यात्राको हकमा भने अल्लि विचारपुर्याउन पर्ने देखिएको छ । आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने गुरुजनको आर्शिवाद एवं अध्रनारेश्वर भगवानको भक्ति गर्नु हितकर हुनेछ । 

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन गोचर आशा देखाउने पूर्ण उपलब्धि दिन अड्कल्ने खालको छ । यद्यपि महत्त्वपूर्ण गन्तव्यचुम्न संघर्ष देखिएको छ, तथापि पराक्रम बढ्ने दिन रहेको छ । बाँकी गोचर स्थिति अनुकूल छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । आज यहाँलाई छ अंक, हरियो रङ्गको उपयोग र महत्त्वपूर्ण आउने अड्चनको  निवारणको लागि भैरवदेवलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । भैरवदेवको भक्तिभाव फापकर हुनेछ । 


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन ठिकै स्वरुपमा देखिएपनि तपाईमा अल्लि कडामिजास देखिनसक्ने सम्भावना छ । मानसिक योजना तथा आन्तरिक सल्लाह भन्दा फरक ढंगले सवाल अघि बढ्नसक्ने छ । कसैकसैलाई क्रोधको पनि विकास हुनसक्ने कुरालाई नकार्न सकिन्न । पछि मनोवैज्ञानिक पछुतो पर्नसक्ने बोलीवचन वा फुर्तिफार्ति हुने तथा गोपनीयता खुस्कन सक्ने सम्भावना छ ख्याल पुर्याउनु होला । तथापि सौम्यसोँचबाट अघि बढेमा प्रयत्न गर्नाले व्यवसायिक क्षेत्र र सन्तानको क्षेत्रमा देखिएको तनाबलाई व्यवस्थापन गर्न सकिनेछ । बेतुकको संवादको बाहनामा जम्मा हुनेहरुले तपाईको कार्यमा अल्झन ल्याउनसक्ने कुराप्रति होसियारी गर्नुहोला । विद्यार्थीको लागि विद्या बढ्नसक्ने छ ।


वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन बैठक आदिमा मत बाझिने र असमझदारी गराउने भूमिकामा ग्रहको प्रवलता देखिन्छ । सहकर्मी तथा मित्रवर्गसँग द्वन्द हुनसक्ने र चलिरहेको कार्यमा अबरोध आउनसक्ने एवम् वेचैनी बढ्नसक्ने साथै छरछिमेकी तथा हितैसीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने भएकोले होसियार हुन जरुरी छ । मानसिक संकिर्णताको कारणले कार्यमा प्रतिकूलता आउनसक्ने भएकोल मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । यी सामान्य प्रतिकूलताको बाबजुत पनि सावधानिपूर्वक स्वकर्ममा रत् रहनाले पेशा तथा व्यवसाय एवम् कर्मक्षेत्रबाट आकस्मिक लाभ गर्न सकिनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन हिम्मतिलो र सक्रियभूमिका हुँदाहुँदै पनि मुख्य काममा अपेक्षा गरेबमोजिम फल नपाइने हो कि भन्ने शङ्का देखिएको छ । तथापि ठूलो परिणाममा नभएपनि केही उपलब्धि भने हुनेछ । आज गर्नै खोजेको कार्यलाई मान्यजनको अनुमति नमिल्न पनिसक्ने कुरालाई नकार्न सकिन्न । बा“की पक्षमा उत्साह–उमङ्गिलो दिन मान्नसकिन्छ । स्वजनबाट सहयोग मिल्ने र प्रतिस्पर्धामा विजय भइने छ । सामान्यतया आकस्मिक लाभ एवं प्रख्याति मिल्नेछ । आज श्रमिक वर्गको हितमा काम गर्नु अथवा सहयोग गर्नु र भैरवदेवलाई खुशी बनाउनुले मुख्यकाममा आउने अबरोध निवारणको लागि मद्दत गर्नेछ । 


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन ढुकुटी भर्ने तथा आर्थिक पक्षमा सुधार ल्याउने गोचर परेको छ । व्यवसाय तथा व्यापार आदि कार्यक्षेत्रमा तदनुसारको कार्यतर्जुमा गर्नु बुद्धिमानी हुनेछ । पेशा आदिबाट लाभ एवम् सफलता मिल्नाले हर्षोल्लास एवम् उत्साह बढ्ने छ । नयाँ नाता कुटुम्बिक सम्बन्ध विस्तार हुने एवम् साविकको सम्बन्धमा प्रगाढता आउने छ । सभासम्मेलन, गोष्ठी, बैठक, संभाषण, प्रवचन आदिमा आज यहाँको बोलीले मान्छेहरु प्रभावित हुने योग परेको छ । वाणीको सदुपयोग गर्नुहोला । परोपकार आदि कार्यमा पनि उत्साह एवं सहभागीता बढ्नेछ । आज यो राशि हुने कसैकसैलाई गुप्त धन मिल्नपनि सक्नेछ ।


कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन सौहार्दपूर्ण उत्साह एवम् उमङ्गको वातावरणमा बित्ने देखिन्छ । इष्टजनहरुको आगमनले शोभायमान वातावरण बन्नेछ भने औपचारिकतानिर्वाहको लागि व्यस्ततापूर्ण दिनचर्या रहनेछ । कसैकसैको लागि निमन्त्रणा तथा मिष्ठान्न आदिलेस्वागत सत्कारको अवसर प्राप्त हुनेछ । व्यापार एवम् व्यवसायिक कार्यबाट राम्रो फाइदा उठाउन सक्नु हुनेछ । राजकाज तथा नोकरी आदिमा पनि ग्रहले उपयुक्त भूमिका निर्वाह गरेको हुनाले सन्तोष प्राप्ति हुनेछ । अन्य पेशाकर्मीको लागि पनि लाभ मिल्नेछ । सारांसमा आज यहाँहरुलाई व्यस्तताको बाबजुत पनि सफलताको कारण मानसिक शान्ति र सन्तोष प्राप्त हुनेछ । आज एक अङ्क, पहेंलो रङ्गको प्रयोग र शिवारधाना गर्नु उपयुक्त रहनेछ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन खर्च बढ्नसक्ने देखिएको छ भने कार्यक्षेत्रमा पनि अल्लि बढी मेहनत गर्नुपर्ने छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न । अल्लि बढी कोसिस एवम् संघर्षले केही उपलब्धि ल्याउन सकिएला । औपचारिकता निर्वाह गर्नपर्ने खालका भेट्घाट आदिको लागि याात्रा गर्नु, उपहार आदि दिनु जस्ता कार्यमा खर्चको सदुपयोग गर्नु उचित हुनेछ । त्यस्तै ३ अंक र पहेंलो रङ्ग यहाँलाई आज शुभ हुनेछ भने कसैको सहयोगार्थ निस्काम भूमिका निर्वाह गर्नाले सन्तोष मिल्नेछ । 

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan