Thursday 27th of April | २०७४ बैशाख १४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नयाँबर्षको झडपमा सिड्नीमा नेपाली युवा गम्भिर घाइते, आफन्त खोज्दै प्रहरी

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १८ सोमबार
newsabhiyan
newsabhiyan

२ जनवरी, सिड्नी । नयाँ बर्षको दिन सिड्नीको एक बारमा नेपाली युवाहरुवीच भएको झडपमा एक युवक गम्भिर घाइते भएका छन् ।


न्यू साउथ वेल्स प्रहरीले जनाएअनुसार बिहान करिव तीन बजेतिर दुई नेपाली युवावीच भएको कुटाकुटमा २१ बषिर्य नेपाली युवा सत्कार अधिकारी गम्भिर घाइते भएका छन् । सेन्ट भिन्सेन्ट अस्पतालमा भर्ना गरिएका अधिकारी अहिलेसम्म पनि बेहोस छन् । उनको रेखदेख गर्ने आफन्त सम्पर्कमा नआएको भन्दै प्रहरीले तत्काल खोजी गरिदिन नेपाली राजदूतावासलाई अनुरोध गरेको छ ।

प्रहरीले राजदूतावासलाई दिएको जानकारी अनुसार बारमा प्रवेश गर्न खोज्दा दुई युवावीच झगडा भएको थियो । दुईजनावीच मुक्का हानाहान हुँदा पिडीत अधिकारी एक तलामाथिबाट सडकमा खसेका थिए । घाइते भएका अधिकारीले त्यसपछि सुरक्षागार्डमाथि नै जाइलागेका थिए । सुरक्षागार्डले नियन्त्रणमा लिएर अस्पताल पुर्‍याउँदै गर्दा उनी बेहोस भएका थिए ।

अस्पतालले मस्तिकबाट रगत बगेको सुन्निएको पुष्टि गरेको छ । हाल उनी उनको प्रारम्भिक सल्यक्रिया गरिएको र अबस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

अहिलेसम्म अधिकारीका आफन्तहरु सम्पर्कमा नआएको भन्दै सिड्नी प्रहरीले उनको परिवार तथा आफन्तजनलाई खवर गरिदिन दूतावासलाई आग्रह गरेको छ ।

अनलाइनखबरसँग कुरा गर्दै अष्ट्रेलियाका लागि नेपालका कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले अधिकारीका आफन्तलाई नेपाली राजदूतावास, सिड्नी सिटी प्रहरी वा सेन्ट भिन्सेन्ट अस्तालमा तत्काल सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

दूतावासलले तत्काल सम्पर्कका लागि तलको ठेगानामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Sian Kench
Detective Senior Constable
Sydney City Detectives
PH: 9265 6465
Fax: 9265 6466
Email: kenc1sia@police.nsw.gov.au

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan